इकोसिष्टमबाट व्यवसायिक बंगुर र माछापालन

१० भाद्र २०६९, आईतवार १७:११ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १० भदौ । रुपन्देहीको भित्री गाउं बनकटुवा, पर्रोहा,
रुद्रपुर, छपिया, फर्सातिकर लगायतका स्थानमा इकोसिस्टम मार्फत व्यवसायिक बंगुर तथा माछापालन गरी किसानहरुले राम्रो लाभ लिइरहेका छन् । सालझण्डीको बनकटुवामा ब्राम्हणहरुले समेत सामूहिक बंगुरपालन सुरु गरेका छन् ।
बाहुन र क्षेत्रीको ९ जनाको समूहले एउटा समितिनै बनाएर सालझण्डी गाविस अन्तर्गत पर्ने उक्त स्थानमा विगत ६ महिनादेखि सामूहिक बंगुर तथा माछापालन सुरु गरेका हुन् । सुरुमा एक÷एक लाख रुपैयां लगानी जुटाएर १० कठ्ठा जग्गा लिजमा लिई काम सुरु गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिनुभयो । उक्त जग्गाको मासिक भाडा ७ हजार ५ सय छ । सो समूहले २० वटा बंगुर तथा दुईवटा माछा पोखरीबाट व्यवसाय थालनी गरेको छ ।
मासु उत्पादनसंगै बंगुरका बच्चा बेच्ने लक्ष्यसहित सुरु गरिएको व्यवसायबाट राम्रै प्रगति हासिल हुने आशावादी रहेको बताउनुहुन्छ सञ्चालक समितिका रामु अर्याल । यो फर्ममा पाल्पा, पोखरा तथा नारायणगढबाट प्रतिगोटा २५ सयदेखि ३ हजारसम्म मूल्यमा ल्याइएका ल्याण्डसिस तथा ड्यूरो जातका बंगुर पालिएको छ । बंगुरको
मलमुत्र भने दुई माछापोखरीमा हाल्ने इकोसिस्टम प्रविधि अपनाइएको छ ।
सञ्चालकमध्येका एकजनाले आलोपालो हेरचाह तथा दानापानी दिने व्यवस्था गरिएको छ । दुई माछा पोखरीमा ग्रास, सिलभर, रहु, नैनी लगायतका जातका माछा पालिएको छ

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध