फेरि नक्कली परीक्षार्थी पक्राउ

१० भाद्र २०६९, आईतवार १२:५९ मा प्रकाशित

काठमाडौं, १० भदौ । अनियमितताका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को एकपल्ट रद्द भएर दोस्रोपल्ट भएको प्रवेश परीक्षामा पनि १० जना नक्कली परीक्षार्थी फेला परेपछि सो संस्थामा अनियमिततार भ्रष्टाचारले कसरी पैंठ जमाएको रहेछ भन्ने खुलासा भएको छ । शनिबारको परीक्षामा परिषद्को ओरिजिनल होलोग्राम भएको प्रवेश पत्र बोकेर आएका परीक्षार्थी पक्राउ परेकाले यसमा सीटीईभीटीकै पदाधिकारीको मिलेमतोको शंका गरिएको छ । यस सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले काठमाडौं, ललितपुर र नेपालगन्जबाट सात जनालाई पक्राउ गरेको छ भने तीनजना नक्कली परीक्षार्थी फरार छन् ।
धुम्बाराही प्रोलोखिक उच्च माविबाट १ जना, मनमैजु मानसिंह उच्च मावि १ जना र प्रभात उच्च माध्यमिक विद्यालय ललितपुरबाट ३ जना नक्कली परीक्षार्थीले परीक्षा दिएको फेला परेको परीक्षा नियन्त्रक शिवशंकर घिमिरेले बताए । उनका अनुसार नेपालगन्जमा भेटिएका ५ मध्ये ३ फरार छन् । २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षा ऐनअनुसार कारबाही गरे उनीहरूले अहिलेसम्म पाएको शैक्षकि प्रमाणपत्र नै रद्द हुनेछ ।
महानगरीय प्रहरी परिसर ललितपुरका निरीक्षण सुरेन्द्र सिटौलाका अनुसार प्रभातबाट पक्राउ पर्नेमा भक्तपुर ताथली ९ का मनोज दुलाल, रुकुम मुसिकोट ८ का मनराज पुन र धनुषा जनकपुर ९ का प्रफुल्ल यादव छन् । साउन ५ गते भएको छात्रवृत्तिको परीक्षामा पनि प्रभाग उच्च मावि त्यागलबाट ४ जना र बानेश्वर क्याम्पसमा १८ जना नक्कली विद्यार्थी भेटिएका थिए । त्यसमा बानेश्वरमा ८ जना पक्राउ परेका थिए भने ललितपुरबाट २ जना । प्रोलोखिक उच्च मावि धुम्बाराहीबाट पनि नक्कली विद्यार्थी भेटिएको थियो । नक्कली परीक्षार्थी पहिचानकै लागि सीटीईभीटीले यसपालिदेखि परीक्षा फारम ३ प्रति बनाएको छ । त्यसको एकप्रति सीटीईभीटीमा, एकप्रति परीक्षा केन्द्रमा र एकप्रति परीक्षार्थीलाई दिने गरिन्छ । परीक्षा केन्द्रले अनिवार्य रूपमा आफूसित भएको फारम परीक्षार्थीको सित रुजु गर्नुपर्छ । होलोग्रामकको प्रयोग हेरेर प्रहरीले सीटीभीटीकै मिलोमतोको शंका गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार