रिले अनसन जारी, पोखरेली आफैंले बिमानस्थल निर्माण थाल्ने

१० भाद्र २०६९, आईतवार १२:३३ मा प्रकाशित

पोखरा, १० भदौ । अन्तर्राष्टिय क्षेत्रीय विमानस्थाल निर्माणका लागि दबावस्वरुप आज आइतबार पनि रिले अनसन जारी रहेको छ । आज राजनीतिक दलका नेता तथा कार्यकर्ता रिले अनसनमा बस्ने भएका छन् भने विमानस्थल निर्माण सरोकार समितिले पोखरा विमानस्थल अगाडि धर्ना दिईरहेका छन् । अनसनको समय लम्बिदै जाँदा राजनीतिक चासो पनि बढेको छ ।
यसैबीच, विमानस्थल निर्माणका लागि आफुले राखेको मागप्रति सरकार उदासिन भएको भन्दै पोखरेलीहरुले सांकेतिक रुपमा निर्माणको काम आफैं थाल्ने भएका छन् । पोखरा विमानस्थल निर्माणको कार्य तत्काल थाल्न चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले सांकेतिक रुपमा विमानस्थल निर्माणको काम थाल्ने भएका हुन् । ३८ बर्षअघिको परियोजनाको ठेक्का स्वीकृत गर्ने अन्तिम समयमा केन्द्रबाट अवरोध गर्न खोजिएको भन्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समिति गठनगरी आन्दोलनमा उत्रिएका पोखरेलीले आगामी बुधबार (भदौ १३) कुटो, कोदालो, गैची, बेल्चासहित प्रस्तावित विमानस्थलको जग्गामा संकेतिक रुपमा विमानस्थल निर्माण कार्य थाल्ने समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत