आफू प्रधानमन्त्री नरहेको घोषणा गर्न गजुरेलको आग्रह

१० भाद्र २०६९, आईतवार १२:१८ मा प्रकाशित

काठमाडौं, १० भदौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सहमतिको संभावना नभएको बताएका छन् । नेपाल संघीय जनगणतान्त्रिक मोर्चा पाल्पाले शनिबार आयोजना गरेको सर्वपक्षिय गोलमेच सभामा नेता गजुरेलले राजनीतिक निकासको पहिलो सर्त प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माब भएको तर्क अघिसारेका हुन् ।

बाबुरामलाई राखेर सहमति हुनै नसक्ने तर्क गदै उनले बाबुरामले प्रधानमन्त्रीको कुर्सीबाट नहटी धरै नपाउने जिकीर गर्दै सहमति नगरे कुर्सी छोड्दिनं भन्ने प्रधानमन्त्रीको तर्क केटाकेटीको जस्तो भएको बताए । बाबुरामले अब राजीनामा दिइरहनु नपर्ने फगत म अब प्रधानमन्त्री छैन भनेर घोषणा गरिदिए पुग्ने नेकपा-माओवादीका उपाध्यक्ष गजुरेलको भनाई थियो ।

कार्यक्रममा बोल्दै गजुरेलले संविधानसभा पुनःस्थापना गर्न नहुने तर्क गरे । उनले पुनःस्थापनाको पक्षमा नभई गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिंदैएमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको सिण्डिकेटका कारण संविधान बन्न नसकेको आरोप लगाए । “प्रधानमन्त्रीको राजीनामासँगै चार दलको सिण्डिकेट तोड्नुपर्छु उनले भने, ुतिनै चार दलका नेताका कारण मुलुक संकटमा फसेको हो ।” उनले विगतमा जो-जसले संविधानसभा भङ्ग गरेर देशलाई भड्खालोमा हाले अहिले उनीहरुले नै ठूलो कुरा गर्दै हिड्नु लाजमर्दो भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित