शिक्षामन्त्रालयको भ्रष्टाचारमा मन्त्रीका बाबुछोरी नै संलग्न

१० भाद्र २०६९, आईतवार १२:१३ मा प्रकाशित

काठमाडौं, १० भदौ । सीटीईभीटीमा भएको भ्रष्टाचारबारे एकपछि अर्कोगरी खुलासा हुन थालेपछि शिक्षामन्त्री दिनानाथ शर्मा तनावमा परेका बुझिएको छ । मिडियामा आएका सबै समाचार आधारहीन भन्दै मन्त्री शर्माले त्यहांको आर्थिक चलखेलको बचाउ गर्ने भरमग्दुर प्रयास गर्न थालेका छन् ।
मन्त्री भएपछि शिक्षामन्त्री दीनानाथ शर्माले वषौँदेखि अस्वीकृत ५ वटा नर्सिङ क्याम्पसलाई सम्बन्धन दिएका थिए भने पहिला सम्बन्धन नदिनु र अहिले दिनुको कारणबारे उनी र उन सम्बन्धित कर्मचारी कसैले पनि चित्तबुझ्दो जबाफ दिन सकेका छैनन् । स्मरण रहोस्, शिक्षामन्त्री सीटीईभीटीको अध्यक्ष पनि हुन् । सीटीईभीटीमा हुने अनियमिमताको केही भाग मन्त्रालयसम्म पुग्ने कुरा गलत भएको उनको तर्क छ । तर उनले संस्था सम्बन्धनको पुराना निवेदन कार्यान्वयन नै नगरी आर्थिक चलखेलकै कारण नयां संस्था सम्बन्धनका आवेदन लिएका स्रोतको दाबी छ ।
मन्त्री शर्माले गरेको भ्रष्टाचारका बारेमा माओवादीनिकटका अखबारहरुले नै सर्वप्रथम खुलासा गरेका थिए भने अहिले पनि शिक्षामन्त्रालय भित्रका भ्रष्टाचारका नयांनयां खुलासा सो पार्टीसम्बद्ध छापाहरुले प्रकाशित गरिरहेका छन् । बाबुको आडमा मन्त्री शर्माकी छोरीले वार्गेनिङ गरेर पैसा असुलिरहेको उनीहरुले समाचारमा दाबी गर्दैआएका छन् । हालै मात्र पनि मन्त्रीपुत्रीले काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्मालाई फोन गर्दै एमबीबीएसमा भर्ना गर्ने विद्यार्थीहरूको नाम टिपाएकी ती माओवादीनिकट प्रकाशन जनआह्वानले जनाएको छ । समाचारमा भनिएअनुसार मन्त्रीको स्वकीयसचिवको जिम्मेवारीसमेत लिएकी कल्पना शर्माले विद्यार्थीहरूका अभिभावकसँग पैसा लिँदै भर्नाको ठेक्का लिने गरेकी छिन् । बताइएहनुसार छोरीले मात्रै नभई मन्त्री शर्माले पनि आर्थिक लाभ लिने गरेका छन् । यतिबेला मन्त्री शर्माले आफूलाई चोखो देखाउन जतिसुकै हरकत गरे पनि उनी भ्रष्टाचारको आहालमा राम्रैसंग डुबिसकेका छन् । निश्पक्ष छानबिन हुने हो भने उनका सबै करतुतहरु छरप्रष्ट हुने शिक्षामन्त्रालयकै एक कर्मचारीले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – साताको पहिलो र दोस्रो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ ।

काठमाडौँ । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।