आफू प्रधानमन्त्री नरहेको घोषणा गर्न गजुरेलको आग्रह

१० भाद्र २०६९, आईतवार ०८:१२ मा प्रकाशित

काठमाडौं, १० भदौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सहमतिको संभावना नभएको बताएका छन् । नेपाल संघीय जनगणतान्त्रिक मोर्चा पाल्पाले शनिबार आयोजना गरेको सर्वपक्षिय गोलमेच सभामा नेता गजुरेलले राजनीतिक निकासको पहिलो सर्त प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माब भएको तर्क अघिसारेका हुन् ।
बाबुरामलाई राखेर सहमति हुनै नसक्ने तर्क गदै उनले बाबुरामले प्रधानमन्त्रीको कुर्सीबाट नहटी धरै नपाउने जिकीर गर्दै सहमति नगरे कुर्सी छोड्दिनं भन्ने प्रधानमन्त्रीको तर्क केटाकेटीको जस्तो भएको बताए । बाबुरामले अब राजीनामा दिइरहनु नपर्ने फगत म अब प्रधानमन्त्री छैन भनेर घोषणा गरिदिए पुग्ने नेकपा माओवादीका उपाध्यक्ष गजुरेलको भनाई थियो ।

कार्यक्रममा बोल्दै गजुरेलले संविधानसभा पुनःस्थापना गर्न नहुने तर्क गरे । उनले पुनःस्थापनाको पक्षमा नभई गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिंदैएमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको सिण्डिकेटका कारण संविधान बन्न नसकेको आरोप लगाए । ुप्रधानमन्त्रीको राजीनामासँगै चार दलको सिण्डिकेट तोड्नुपर्छु उनले भने, ुतिनै चार दलका नेताका कारण मुलुक संकटमा फसेको हो ।ु उनले विगतमा जो-जसले संविधानसभा भङ्ग गरेर देशलाई भड्खालोमा हाले अहिले उनीहरुले नै ठूलो कुरा गर्दै हिड्नु लाजमर्दो भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी