जग्गाको अभाबमा ५ सय उद्योग संञ्चालनमा आउन सकेनन्, सरकार उद्योग बिस्तापित गर्न उद्यत् : उद्यमीहरु

१० भाद्र २०६९, आईतवार ०७:४९ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही, १० भदौ । रुपन्देहीका उद्योगीहरुले राज्यको उदासिनताका कारण नया
उद्योग स्थापना गर्नमा समस्या भएको बताएका छन् जग्गा अभाव र उर्जा संकटको चरमसंकट हुदा समेत राज्य उदासिन हुदा ईच्छुक उद्योगी निराश भएको उनीहरुको भनाई छ । बुटवल औद्योगिक क्षेत्रको विस्तारका सन्दर्भमानगरपालिका र औद्योगिक ब्यवस्था लिमिटेडले पहल नगर्दा समस्या भएको सरोकारवाला हरुले बताएका  छन ।
नेपालका बिभिन्न औद्यौगीक क्षेत्रहरुमध्ये रुपन्देही क्षेत्रमापनि २०३२ सालमा स्थापना भएको बुटबल औद्योगिक क्षेत्र १७ बिघाह क्षेत्रफलमा फैलिएको छ । बिभिन्न साना ठुला उद्योगमा गरि २ हजार मजदुरले रोजगारी
पाएको सो क्षेत्रमा साना ठुला गरि ७० भन्दा माथि उद्योग रहेका छन ।
निजी लगानीमा उद्योग संञ्चालन गर्ने पाएका छैनन यस क्षेत्रका
उद्योगीहरुले । सरकारले मागेअनुसार को जग्गा उपलब्ध नगराएपछि उनिहरुलाई जग्गाको समस्या
भएको हो । जग्गाको अभामा ५ सय भन्दाबढी उद्योग आउन निबेदन दिएका छन
जग्गा नभएको कारण आउन नसकेको उद्योगीहरुको भनाई छ ।
खाली जग्गा नभएपनि पुर्ब दक्षिण गरि ५२० रोपनि जग्गा रहेको ले त्यहि
जग्गालाई पहल गरि ल्याउनपर्नै उद्योगीहरुले बताएका छन उद्योगीहरुले
भनेको जग्गा खाली नभई सरकारी जंगल रहेको छ । बिभिन्न समस्या भएपनि
उक्त जग्गा लाई पहल गरि उद्योगीहरुलाई दिनुपर्ने उनिहरुको भनाई रहेको छ
। बुटवल औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले उद्योगीहरुलाई जग्गा
उपलब्ध गराउनकोलागी ब्यबस्थापन गर्न औद्योगिक क्षेत्र ब्यवस्थापन
लिमिटेडले बजेट छुटाएको र पछि बिबादका कारण बजेट फ्रीज भएको बताए ।
निरीहसरकारको असक्षमताको कारण बजेट ल्याप्स भएको रुपन्देही उद्योग
संघका महासचिब गणेश अधिकारी बताउछन ।
स्थानिय ७ दल र बुटबलनगरपालिकाको पहलमा बिभिन्न पटक सरकार संग जग्गाको
लागी पहल गरेपनि राजनिति समस्याको कारण हल हुननसकेको उनको भनाई छ ।
स्थानियहरुले पहल गरेर नभएपछि त सरकारको मुखताक्नु बाहेका केहि नभएको
उनले बताए । सरकारलाई कर तिछौ भनेपनि हामीलाई जग्गाको ब्यबस्थापन गर्न
सरकारले नसकेको उनको भनाई छ ।
छिमेकी भारतको मुख्य नाका रहेको र नेपालका २२ जिल्लाको मुख्यभाग पर्ने
यस रुपन्देही जिल्ला भएकोले पनि उद्योग खोल्ने संभाबना रहेको भएपनि
जग्गा अभाबको कारण उद्योग खोल्न नसकिएको उद्योगहिरुको भनाई छ ।

रुपन्देहीमा उद्योगीका के– के छन समस्या
१ जग्गा को समस्या अहिले सम्म उद्योग संचालन गर्नेको लागी बुटवल
औद्योगिक क्षेत्र ब्यवस्थापन मा ५ सय भन्दा बढी निबेदन दिएको र जग्गा
अभाबका कारण उद्योग संञ्चालनमा समस्या
२ जिल्लामा जाने मुख्य लाईन भएकोले १ स्थानमा बिद्युत गए पलास्टीक
उद्योग २ घन्टा तात्न लाग्ने समस्या औद्यौगिक क्षेलाई लानईन नजाने
तरिकाले ब्यबस्थीत गर्नुपर्नै ।
३ खुल्ला सिमानाका कारण भन्सार छलि समान आउने भएकोले कडाइृका साथ
सरकारले यो ब्यबस्था लागु गर्नु पर्ने अन्यथा उद्योगीहरु भ्mन मर्कामा
पर्ने ।
४ मंहगो भन्सारको को कारण भातबाट आउने समान भन्दा नेपालमा उत्पादन
हुने समान महंगा नेपालीलाई कच्चा पर्दाथल्याउनमा ४४ प्रतिसद भन्सार
भारतबाट बनेर आउने समानमा १५ प्रतिसद भन्सार भएको ले भन्सार दरभाउमा
परिर्बतन गर्नुपर्ने ।
५ औद्योगीक क्षेत्रलाई निजीकरण गर्नुपर्ने निजीकरण भई‘केपछि सरकारलाई
अन्य स्थनमा नया उद्योग खोल्न र ब्यबस्थापन गर्ने सहज हुने ।
६ पलास्टीक उद्योगमा कबाड सामान प्रयोग हुने भएकोले सरकारले भ्याट
नलिइई एकमुस्ट रकम लिनुपर्नै लगायतका समस्या रहेका बताएका छन । यि
समस्या रहेका छन बुटबल औद्योगिक क्षेत्र का उद्योगहरुको यि समस्या
समाधान नभए आफुहरुले लगानी गरेको बालुबामा पानी राखेसरह हुने छ
ब्यबसायहिरुले उद्योगमा हातनराख्ने उनीहरुबताउछन ।
बुटबल औद्योगीक क्षेत्र उद्योग संघका महासचिब राम प्रसाद बस्याल
भन्दछन हाम्रा समस्या धेरै छन तर सरकारले अहिले सम्म पहल गरेन
मुख्यकुरा त बिद्युत हो हामी उद्योगीहरको लागी तर यो कुरातर्फ कसबैको
ध्यान जान नसकेको बताए उनले सरकारमा बस्नेले उद्योगलाई स्थापित भन्दा
बिस्तापित गर्नलागेको उनले बताए । बस्याल भन्दछन बुटवल औद्योगिक क्षेत्र
ब्यवस्थापन लिमिटेडका प्रबन्धक प्रकाश खड्काले क्षेत्रविस्तारका बिषयमा
स्थानीयस्तबाट सबै प्रकृया पुरा भएको बताउदैकेन्द्रियस्तरबाट सिफरिस
नहुदा निर्णय कार्यान्वनको तहमा रहेको बताउनुभयो
उनले औद्योगिक क्षेत्रभित्रको लोडसेडिङको समस्या विद्युत प्राधिकरणको
लापरवाहीले भएको बताउनुभयो । जग्गाको प्रप्तीको लागी भने राजनिति तहैबाट निर्णय हुनुपर्ने बताए ।
औद्योगीक क्षेत्र उद्योग संघका का अध्यक्ष तिलप्रसाद भटराई भन्दछन
जग्गाको अभाब छ २८ रोपनी जग्गा भएको पनि नगरपालिकाले ले बधशालालाई
दियो हामीमाथी अन्याभयो सरकारले पहल गदैन भन्दछन । हामीहरुका करौडभन्दा
माथिका उद्योग भएपनि कुनैपनि बैकले क्रृण नै दिदैन मुख्य समस्या
योपनि रहेको छ बिद्युत लगायत सबै समस्या रहेकोे बताए ।
उता रुपन्देही उद्योग संघका महासचिब गणेश प्रसाद अधिकारी भन्दछन
सरकारले उद्योगीमाथि अन्याय गरेको छ हामीले गल्ती गरेछौ उद्योग खोल्न
अबका पुस्ताले गल्ती नगरुन भन्दछन । उद्योगबाट करलिएर देश बिकास देखी
तलब भत्ता खाने सरकारका मन्त्रीदेखी माथिल्लो तहसम्म को कुनै निकायले
बास्ता नगरेको बताए । रुपन्देही जिल्लामा ५ हजार भन्दा बढी
उद्योगधन्दा कलकारखाना रहेकाछन । नेपालका प्रमुख उद्योग पंञ्चकन्यादेखी
जगदम्बा सम्म रहेको यो जिल्ला लाई सरकारले बास्ता नगरेको उनको भनाई
छ।महासचिब अधिकारी भन्दछन सरकारले देशको समस्याको कुरा नगरि सरकार
परिर्बतनको खेलमा मात्र लागेको छ जनताको करबाट करोडौको महल र पजेरो
चढने नेपालका राजजितक दललाई यो कुरा थाहभने छैन कसरी हुन्छ बिकास र
औद्योगीक क्रान्तिका नारा बोकेल्दैहिडछन राजनितीक दलहरुका नेताहरुले
एकपटक रुपन्देहीका उद्योगीहरुका कुरा सुन्ने हो कि ?

प्रतिक्रिया
सम्बन्धित खवर

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी