उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’

‘घुम्दै फिर्दै अमेरिकामा’ नियात्रा कृतिभित्र नियात्राकार उप्रेतीले विसं २०६६ मा अमेरिकाका विभिन्न स्थानमा गरेका यात्राका विविध अनुभव र अनुभूति समेटिएका छन् । जम्मा २० शीर्षकमा लेखिएका उप्रेतीका नियात्राहरूले अमेरिकी परिवेशका साथै अमेरिकी–नेपाली समाज र संस्कृतिको इतिवृत्त उतारेका छन्।
२१ आश्विन २०७७, बुधबार १०:२० मा प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो ।

कविता लेखनबाट साहित्ययात्रा आरम्भ गरेका साहित्यकार उप्रेतीका यसअघि ‘स्मृतिका छालमा इटाली’ (यात्रा संस्मरण), ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’ (समालोचना), ‘तिब्बतमा दश दिन’ (नियात्रा), ‘देश देशान्तर’ (नियात्रा) र ‘चक्रव्यूह’ (कविता) लगायत १२ कृति प्रकाशित छन् ।

‘घुम्दै फिर्दै अमेरिकामा’ नियात्रा कृतिभित्र नियात्राकार उप्रेतीले विसं २०६६ मा अमेरिकाका विभिन्न स्थानमा गरेका यात्राका विविध अनुभव र अनुभूति समेटिएका छन् । जम्मा २० शीर्षकमा लेखिएका उप्रेतीका नियात्राहरूले अमेरिकी परिवेशका साथै अमेरिकी–नेपाली समाज र संस्कृतिको इतिवृत्त उतारेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल