पानीले सफा गर्न मिल्ने किबोर्ड

१० भाद्र २०६९, आईतवार ०७:३९ मा प्रकाशित

१० भदौ । कम्प्युटरको किबोर्डलाई पानीले सफा गर्न मिल्दैन, किनकि किबोर्डमा पस्यो भने त्यो बिग्रन्छ । हाम्रो आजसम्मको यो मान्यतालाई विज्ञान र प्रविधिको विकासले परिवर्तन गरिदिएको छ । अर्थात्, अब पानी परे पनि किबोर्ड नबिग्रिने भएको छ । धुलो वा अन्य फोहोर पसेमा किबोर्डलाई पानीले नै सफा गर्न मिल्ने भएको छ ।
लिजिटेक नामक कम्प्युटर कम्पनी यस्तो किबोर्ड बनाएको छ जुन पानीमा डुबाएर मज्जाले सफा गर्न सकिन्छ । तपाइँ यसलाई पानीको धारामा थापेर समेत सफा गर्न सक्नुहुन्छ । तर यसको मूल्य भने अहिलेका लागि अलिक महंगो नै पर्ने छ । ३५ पाउण्ड मुल्यको यो के ३१० मोडेलको किबोर्डमा पानी बाहिर फाल्ने खालका प्वालहरु डिजाइन गरिएकाले सफा गर्दा त्यसमा पसेको पानी तत्कालै बाहिर निस्किने र किबोर्ड छिटै सुख्खा हुने दाबी गरिएको छ ।

कम्पनीका अनुसार यो किबोर्डलाई ११ इन्च गहिराइ सम्मको पानीमा डुबाउन सकिन्छ । कहिलेकाहीँ सावधानी अपनाउँदा अपनाउँदै पनि किबोर्डमा विभिन्न चिज पोखिने तथा लामो समयसम्म प्रयोग गर्दा धूलो तथा किटाणुका कारण किबोर्ड फोहोर हुने गर्छ । तर लिजिटेकको उक्त किबोर्ड प्रयोग गरिएमा अब यस्ता फोहोर किबोर्ड सफा गर्न मेकानिक्सकहाँ लगेर खोलखान पार्नैपर्ने आवश्यकता हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ