वैदेशिक हस्तक्षेप बढेको थापाको दाबी

१० भाद्र २०६९, आईतवार ०७:२७ मा प्रकाशित

काठमाडौं, १० भदौ । निष्पक्ष प्रकृतिको सरकारमार्फत् चुनाव हुनुपर्ने कुराको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक गतिरोधको अन्तका लागि स्वतन्त्र तथा निष्पक्ष चुनावी सरकार गठन गर्नुपर्ने दोहोर्याएका छन् । लमजुङ काठमाडौँ सम्पर्क समाजले शनिबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा थापाले दलहरूबीच देखापरेका नयाँ आशङ्काले मुलुकमा सङ्क्रमणकालीन समय अरु लम्बिने खतरा बढेको बताए। पूर्व प्रधानन्यायाधीश वा पूर्व न्यायधीशको अध्यक्षतामा स्वतन्त्र व्यक्ति सम्मिलित चुनावी सरकार गठन गर्नु उत्तम विकल्प भएको उनको धारणा थियो।
मुलुकमा दिनहुँ वैदेशिक हस्तक्षेप बढ्दै गएको अहिलेको अवस्थामा राष्ट्रियता कमजोर हुँदै गएकाले आम नागरिक चनाखो हुनुपर्नेमा पनि अध्यक्ष थापाले जोड दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता