बाबुले आफ्नै छोरालाई बांदर देखेपछि…

१० भाद्र २०६९, आईतवार ०७:१८ मा प्रकाशित

काठमाडौं, १० भाद्र । बांदरलाई मार्न खोज्दा अर्घाखांचीमा एक बाबुले आफ्नै छोराको ज्यान लिएका छन् । बारीमा मकै खान आउने बाँदर धपाउन रूखमा चढेर बसेका बालक छोरालाई आफ्नै बाबुले नचिन्दा यस्तो दुर्घटना हुन पुगेको हो । रातो कपडा लगाएर रूखमा बसेका छोरालाई बाँदर भनेर उनैका पिताले गोली चलाएका हुन् ।
अर्घाखांची जिल्लाको विकट स्थान सिद्धारा ८ डुम्रे खोलाका ५५ वर्षीय गुप्तबहादुर पुलामी मगरले चलाएको भरुवा बन्दुकको गोलीले रूखमा बसेका आफ्नै १२ वर्षीय छोरा चित्रबहादुरको ज्यान गएको हो । गत शुक्रबार बिहान ८ बजेतिर बारीका पाक्नै लागेका मकैमा बांदर धपाउन छोरा चित्रबहादुर फोस्रोको रूखमा बसिरहेका थिए । बांदरले बारी भित्रै पसेर पाक्न लागेका मकै खाइदिन थालेपछि बांदर धपाउन भनेर बन्दुक भिरेर गएका गुप्त बहादुरलाई छोरा बारीमा गएको छ भन्ने थाहा नभएको र रातो कपडा लगाएर रूखमा बसेका ती बालकलाई बांदर नै ठान्दा यस्तो घटना भएको प्रहरीले जनाएको छ । घटनापछि गुप्तबहादुर विछिप्त बन्न पुगेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा