अध्यादेशबारे एमाओवादीभित्रै विवाद

१० भाद्र २०६९, आईतवार ०७:०७ मा प्रकाशित

काठमाडौं, १० भदौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले आफूखुशी अध्यादेश लैजान लागेपछि सत्तारुढ दल एमाओवादीभित्रै विवाद सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल पक्षधरहरुले दलहरुको सहमतिविना अध्यादेशको प्रस्ताव लैजान नहुने भनी प्रतिवाद गरेपछि एमाओवादीभित्रको विवाद बाहिर आएको हो ।
बिनासहमति अध्यादेश लैजाने सरकारको तयारीप्रति अध्यक्ष दाहाल पक्षधरहरु असन्तुष्ट बनेका छन् । सहमतिबेगर अध्यादेश लैजान लागेपछि अध्यक्ष दाहालसमेत सरकारको विपक्षमा उभिएका छन् । एमाओवादीका प्रवक्त अग्नि सापकोटाले शनिबार पार्टीको ओपचारिक अडान सार्वजनिक गर्दै पार्टीको असहमति प्रस्ट्याउनसभयो । ‘पार्टीको औपचारिक निर्णय राजनीतिक सहमतिबाट मात्र अध्यादेश लैजाने भन्ने हो, सहमतिविना अध्यादेश लैजान हुंदैन’, पार्टी कार्यालय पेरिसडांडामा सञ्चारकर्मीहरुसंग प्रवक्ता सापकोटाले बताए । हिजो नै प्रधानन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकार पुनः अध्यादेश ल्याउने तयारीमा रहेको भन्दै राष्ट्रपतिबाट अस्वीकार भए सडक आन्दोलन समेत गरिने बताउनुभएको थियो । ‘संसद नभएको बेला अध्यादेश ल्याउनु संवैधानिक बाटो हो, त्यसलाई अस्वीकार गरिए राष्ट्रपतिविरुद्ध नै उत्रिन्छौ’, सल्लाहकार पौडेलको भनाई छ ।
उहांको उक्त अभिव्यक्तिलगत्तै प्रवक्ता अग्नि सापकोटाको सहमतिबेगर अध्यादेश नलैजाने पार्टीको आधिकारिक धारणा रहेको स्पष्टोक्ति आएको हो । प्रवक्ता सापकोटा र सल्लाहकार पौडेलको एकैदिन आएको यस्तो विपरितार्थक अभिव्यक्तिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भ«राईनेतृत्वको सरकारबीच फाटो बढ्न थालेको सन्देश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार