सत्ताधारी गठबन्धन अमान्य घोषित

१० भाद्र २०६९, आईतवार ०७:०४ मा प्रकाशित

काठमाडौं, १० भदौ । सरकारविरुद्ध आन्दोलनमा उत्रिएका कांग्रेस र एमालेले एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठाबन्धनलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । दुई दलले सो गठबन्धनको हैसियतमा वार्तामा समेत नबस्ने गरी अमान्य घोषणा गरेका हुन् । मोर्चा गठन गरेर सत्तारुढ दल नै मुलुकमा द्वन्द्व निम्त्याउन उद्यत् रहेको ठहर गर्दै दुई प्रमुख दलहरुले शनिबार मोर्चाको हैसियतलाई अमान्य गर्ने निर्णय गरेका हुन् ।
डिल्लीबजारस्थि भोजनगृहमा बसेको दुई दलको बैठकले मोर्चा गठन गरेर १२ बुंदे समझदारीदेखिको सम्झौता तोडर एक्लै अगाडि बढ्न खोजेकोले उनीहरुसंग मोर्चाको हैसियतमा कुनै पनि प्रकारको वार्ता तथा औपचारिक बैठक र संवाद नगर्ने निश्कर्ष निकालेको हो ।
मोर्चाको नेतृत्व गरिरहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अबदेखि आयन्दा कांग्रेस–एमालेलगायतका विपक्षीहरुसंग गठबन्धनको हैसियतमा मात्रै वार्ता हुनसक्ने घोषणा गरेका थिए । मोर्चासंग गरिएको सहमति मात्रै मान्य हुने दाहालको घोषणालाई खारेज गरेर दुई दलले सहमतिका निम्ति पुरानै दलीय हैसियतमा मात्रै वार्ता हुन सक्ने निश्कर्ष निकालेका हुन् ।
संघीयतावादी र गैरसंघीयतावादी भनी कित्ताकाट गरेर विश्वासको संकट खडा गरेको र दलहरुबीच यसरी विभाजनको रेखा कोरेर अन्ततः मुलुकलाई नै विभाजन गर्न खोजेकोसम्मका आरोप पनि विपक्षी दलका कतिपय नेताहरुले लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका