नेपाल पपुवा न्यूगिनिसँग ३५ रनले पराजित

२ चैत्र २०६८, बिहीबार १३:०५ मा प्रकाशित

काठमाडौ, २ चैत । यूएईमा जारी आईसीसी विश्वकप ट्वाईन्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको छनौट खेलमा लगातार दुई खेल जितेर छनौट हुने सम्भावना बढाएको नेपाली क्रिकेट टोली तेस्रो खेलमा पपुवा न्यूगिनिसँग ३५ रनले पराजित भएको छ ।
टस जितेर फिल्डीङ रोजेको नेपाली टोलीका बलरहरुले कसिलो बलिङ गर्न नसक्दा पपुवा न्यूगिनिले नेपाल विरुद्ध पुरै ओवर खेलेर ८ विकेटको नोक्सानीमा  १३७  रन बनाएको थियो । पपुवा न्यूगिनिकालागी गोरियन्ट जोनले महत्वपूर्ण ३२ रनको योगदान दिएका थिए ।
नेपाली बलरहरु पारस खड्का, बसन्त रेग्मी,  चन्द्र साउद र मेहबुब आलमले एक एक विकेट हात पारेका थिए भने शक्ति गौचनले दुई विकेट लिएका थिए ।
प्रत्यूत्तरमा मैदानमा उत्रिएको नेपाली टोली मात्र  १०२  रनमा सिमित बनेको थियो । नेपालले    २० ओवरमा ८  विकेट गुमाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी