चन्द्रमामा पहिलो पटक मानब पाइला राख्ने अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन

१० भाद्र २०६९, आईतवार ०२:४२ मा प्रकाशित

१० भदौ , पेन्सलभानिया, संयुक्तराज्य अमेरिका । चन्द्रमामा पहिलो पटक मानव पाइला राख्ने सौभाग्य प्राप्त गरेका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ । ८२ औँ जन्मदिनको दुई दिनपछि गत अगस्त ७ तारिखमा भएको उनको मुटुको बाइपास सर्जरीकै कारण अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन भएको परिवारजनको दावी रहेको छ । मुटुको शल्यक्रियापछि स्वास्थ्यमा देखिएको जटिलता उनको मृत्युको कारण बनेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् ।

अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा चन्द्रमामा पहिलो पटक मानव पाइला राख्ने एतिहासिक अबसर प्राप्त गरेका थिए । उनी अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अपोलो ११ मिसनको कमान्डर थिए ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निधनको खबर सार्वजनिक हुने बित्तिकै वक्तव्य निकाली मानव धरातलमा पहिलो पटक पाइला टेक्ने अन्तरिक्ष यात्रीको मृत्युको खबरले नासा परिवार दुःखी भएको बताएको छ ।

निल आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेपछि बोलेको वाक्यलाई मानव इतिहास कै सबैभन्दा चर्चित वाक्यका रुपमा लिइन्छ। त्यतिबेला उनले भनेका थिए “यो मान्छेको एउटा सानो पाइला हुन सक्ला, तर मानवताका लागि यो ठूलो फड्को हो ।”

अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको परिवारजनले वक्तव्य जारी गर्दै सोक बक्तव्यमा भनेको छ- ‘तपाईँहरुलाई निल आर्मस्ट्रङको सम्मानमा के गर्न सकिन्छ भन्ने लागेको होला, अर्को पटक खुला आकाशमा चन्द्रमा तपाईँतिर मुस्कुराइरहेको देख्नुभएमा निल आर्मस्ट्रङलाई सम्झुनस् र बस आँखा झिम्क्याइदिनुस् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका