अफगानिस्तानमा पाकिस्तानका तालिवान प्रमुख मारीए

९ भाद्र २०६९, शनिबार १९:२६ मा प्रकाशित

अफगानिस्तान, ९ भदौ । अफगानिस्तानमा नेटो सेनाले गरेको हवाई आक्रमणमा पाकिस्तानका तालिवान प्रमुख मारीएका छन् ।
पाकिस्तानमा तालिवान अन्र्तगत अन्र्तगतका चरमपिथं गुट तेहेरीक ए पाकिस्तानका कमाण्डर महल्वी ददुल्लाह मारीएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । तालिवान बिरुद्ध नेटो सेनाले गरेको हवाई आक्रमणमा उनी सहित अन्य १२ जना तालिवान लडाकु मारीएको गठबन्धन सेनाका प्रवत्ताले जनाएका छन् । कुनार प्रान्तमा गरीएका २ छुट्टा छुट्टै आक्रमणमा कमाण्डरका सहायकको पनि ज्यान गएको नेटोले जनाएको छ । घटनामा अन्य ७ लडाकु घाईते भएका छन् । कुनार प्रान्तका प्रहरी प्रमुखले मारीने सबै पाकिस्तानका तालिवान लडाकु रहेको बताएका छन् । पाकिस्तान र अफगानिस्तान सिमाका बीचमा तालिवानले आफ्ना गतिबिधी संचालन गर्ने भएकाले पनि सिमा क्षेत्र सदैब तनावमा रहने गर्दछ । यसैबीच पाकिस्तानमा अमेरीकी मानवरहित बिमान ड्रोन हमलामा परी शुक्रवार १६ व्यक्ति मारिएको पाकिस्तानी सेनाले बताएका छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले

यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा

एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् । गत

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका