ग्याँस विक्रेताहरुको कमिशन बृद्धि गर्न माग

९ भाद्र २०६९, शनिबार १९:१५ मा प्रकाशित

काठमाण्डौ, ९ भदौ । ग्याँस विक्रेताहरुले चौतर्फि रुपमा मूल्य बृद्धि भएका कारण ग्याँस वित्रेुताको कमिशनमा पनि केहि वृद्धि गर्नु पर्ने बताएका छ्न् । उनिहरुले बर्षैा देखि प्रत्येक वस्तुमा मूल्य बृद्धि हने गरेता पनि ग्याँस बिक्रेताको कमिशन नबढ्दा व्यबसाय गर्न नै गाह्रो भएको बताएका हुन् । <br>
शनिबार ग्याँस विक्रेता संघको चौथो साधरण सभामा ग्याँस वित्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यायलले सम्पूर्ण बस्तुमा मूल्य बृद्धि भएकोले ग्याँस वित्रेताको कमिशनमा पनि बृद्धि गर्नु पर्ने बताउनु भएको हो । उहाले यसरी बर्षाै सम्म पनि विक्रताको कमिशन नबढ्दा व्यवसाय नै धरासायी बन्दे गएको बताउनुभयो ।
प्रतिउत्तरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक शुरेस अग्रवालले अहिले कमिशन बृद्धिको माग नगर्न आग्रह गर्नु भएको थियो । उहाले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पर्दाको मूल्य पुन बढेको तर नेपालमा भने चाडपर्वको समय आएकोले मूल्य बृद्धि गर्न सकिने अबस्था नआएकोले बैकल्पीक उपाय खाज्नु पर्ने आबश्यकता आएको बताउनु भयो ।
कार्यक्रममा आपूर्ति सचिब लालमणि जोशिले उपभोक्ता कार्ड वितरण प्रणली छिट्टै टुङ्गोमा पुर् याएर ग्यास वितरण प्रणाली सहज बनाउनको लागि आग्रह गर्नु भयो । उहाले केहि दिन अघि ग्यास उद्योगिले गरेकेा आन्दोलनलाइृ लक्षित गर्दे यस किशिमको आन्दोलनलाइृ अब कानुनी दायरामा ल्याउने तर्क गर्नु भयो । त्यस्तै ग्याँस ढुवानीको लागि पनि आयल निगमलाई नै  जीम्मा दिनु पर्ने उहाले बताउनु भयो ।
कार्यक्रममा उपभोक्ता अधिकार माचाका अध्यक्ष माधव तिमील्सीनाले आयल निगम तथा ग्याँस उद्योगि  ग्याँस विक्रेता सबैलाई उपभोक्ता प्रति जवाफ देहि हुनको लागि आग्रह गर्नु भयो । त्यस्तै कार्यक्रममा  अन्य बक्ताहरुले नेपाल आयल निगमले लिन लागेको व्याबसायको लागि ग्यासलाइृ छुट्टै कलर र सर्वसाधरणको लागि छुट्टै कलरको नितीको विषयमा उद्योगिले विरोध गर्न नाजायज भएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी