
काठमाण्डौ, ९ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर ले संविधान जारी गर्न वा अर्को निर्वाचन गर्ने जुनसुकै विकल्पमा जान पनि संविधानसभा पुनस्र्थापना गर्नैपर्ने बताउनुभएको छ ।
३०औँ बिपी स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा भएको कार्यक्रममा उहाले संविधानसभा पुनस्र्थापनाको विकल्प नभएको जीकिर गर्नुभयो ।
नयाँ निर्वाचन गर्न समेत अन्तरिम संविधानको संशोधन गर्नुपर्ने र संविधान संशोधन गर्न पनि संविधानसभाको पुनस्र्थापना अनिवार्य भएको उहाको भनाईछ । संविधानसभाको पुनस्र्थापना गरेर राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
देउवाले पुनस्र्थापना नगर्ने भए संविधानका विवादित विषयमा सहमति जुटाएर जनमतसंग्रहबाट अनुमोदन गराउन सक्ने विकल्प पनि उहाले अघि सार्नुभयो । दलहरुबीच सहमति कायम गरी कांग्रेसको नेतृत्वमा सहमतिय सरकार बनाउनुपर्ने उहाको भनाई छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले
बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१
लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा