पत्रकार अपहरण गर्ने दुई भारतीय युवा पक्राउ

८ भाद्र २०६९, शुक्रबार २१:४९ मा प्रकाशित

काठमाडौं, ८ भदौ । भारतबाट पत्रकार अपहरण गरी सिराहा ल्याउंदै गरेको अवस्थामा आज सिराहा प्रहरीले दुई भारतीय युवालाई पक्राउ गरेको छ । बीआर ३२ एफ ९४८५ नम्बरको भारतीय मोटरसाइकलमा बिना हेल्मेट सवार उनीहरुले बिहारको प्रभात खबर पत्रिकाका एक पत्रकारलाई बन्धक बनाएर ल्याएको सिराहाका डीएसपी कृष्णहरि शर्माले बताए। पक्राउ पर्नेमा भारत पिप्राका हरेराम निराला र बलराम कुमार यादव छन्।
उनीहरुले प्रभात खबर पत्रिकाका पत्रकार जयानन्द महतोलाई अपहरण गरेर ल्याएका थिए । आफूलाई दुईजना मिलेर अपहरण गरी ल्याएको बताउंदै महतोले डीएसपी शर्मासंग आफूलाई बचाइदिन अनुरोध गरेका थिए । अपहरितले गुहार मागेपछि निगरानीमा लिएर अनुसन्धान थालेको डीएसपी शर्माले बताए।
किन अपहरण गरियो भन्ने स्पष्ट भइनसकेको भए पनि अपहरणकारी बलरामको ससुराली सिरहामा भएकोले ती पत्रकारलाई त्यहीँ लुकाउन ल्याएको आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री