नर्थ क्यारोलिनामा बुद्धिजीविहरुको भेला सम्पन्न

८ भाद्र २०६९, शुक्रबार १९:५४ मा प्रकाशित

शिब बिष्ट, नर्थ क्यारोलिना । नेपालबाट अमेरिकामा बसाई सरी बिभिन्न पेशामा संलग्न रहेका बुद्धिजीवि ब्यक्तिहरुले अहिलेको देशको स्थिति बिग्रदै गएकोमा गंभीर चिन्ता ब्यक्त गरेका छन । अमेरिकाको नर्थ क्यारोलिनाको सदरमुकाममा आयोजित एक बिशेष भेलामा नेपाल अमेरिका ब्यावसायी संघ तथा नेपाली जनसंपर्क समितिका उपसभापति वरिष्ठ वातावरण पत्रकार एवं ब्यावासायी सानुबाबु सिलवालले मुलुकमा राजनैतिक सहमति हुन नसक्नुनै आम नेपालीहरुको दुर्भाग्य भएको बताउनु भयो । उहाँले जवसम्म राजनैतिक दलहरुले राष्ट्रको हितका लागि पार्टी स्वार्थ भन्दा माथि उठन सक्दैनन तव सम्म नेपालीहरुको जीवन सहज हुन नसक्ने बताउनु हुदै आम स्वदेशी तथा प्रवासी नेपाली दाजूभाई तथा दीदी बहिनीहरुलाई देश विकाश र राजनैतिक दलहरुलाई दवाब श्रृजना गर्न एकजुट हुन समेत आग्रह गर्नु भयो ।
उहाँले नेपालमा लगानिको लागि उचित वाताबरण भएमा विदेसी लगानिकर्ता तथा प्रवासी नेपालीहरुको सहभागिता रहने र देशमा आर्थिक सुधारको लागि ठुलो टेवा पुग्ने कुरा बताउनु भयो । सो भेलामा बोल्दै डा ।चिरंजीवी भट्टराईले देशको समग्र विकासका लागि संविधानको विकल्प नरहेको बताउनु हुदै चाडै राजनैतिक सहमति हुनु पर्नेमा जोड दिनु भयो । समाजसेवी तथा राजनीतिज्ञ कुमुद देवकोटाको सभापतित्वमा सम्पन्न सो भेलामा डा.दीपेन्द्र अर्यालले जातीय र सांप्रदायिक विभेदका कारण मुलुकले निकास नपाएको बताउनु हुदै पहाड़-मधेश र जात-धर्मको पछाड़ी नलागी समाज र राष्ट्र निर्माण को लागि साझा सहमति हुनुपर्नेमा जोड दिनुभयो ।

युवानेता तथा समाजसेवी भानु आचार्यको संयोजनमा सम्पन सो भेलामा हाल नर्थ क्यारोलिनाको भ्रमणमा रहनु भएका नेपाल अमेरिका प्रेस क्लबका सभापति तथा नेपाल अमेरिका पत्रकार संघका सचिव शिव विष्टले मुलुकको राजनैतिक निकाश र सहमतिको लागि पत्रकारहरूले कलम चलाउनु पर्ने अवस्था आएको बताउनु भयो । विष्टले पत्रकारहरुको कलम संसारमा नै शक्तिशाली भएको बताऊदै संपूर्ण संचारकर्मीहरु साथिहरुलाई नेपाली जनता र देश विकाशका लागि समाचार संकलन , सम्प्रेषण र संचार वकालत गर्न अनुरोध गर्नु भयो । सो भेलामा गोविन्द कंडेल, श्याम अर्याल, बाबु राम दवाडी लगायत का ब्याक्तिहरूले देशको अहिलेको अवस्था सुधारको बारेमा आ-आफ्नो विचार राख्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र