चोरीको गाडिसहित प्रहरी अधिकृत नियन्त्रणमा

८ भाद्र २०६९, शुक्रबार १५:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ८ भाद्र । चोरीको गाडी चलाउदै गरेको अवस्थामा एक ट्राफिक अधिकृत बुटवलबाट पक्राउ परेका छन् । बिगत ३ महिनादेखि निरन्तर उक्त प्रयोग गर्दै आईरहेका क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका सई डम्बर गिरी लु १ ज २०९४ नम्बरको सुजुकी कार सहित पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलका सई ओम प्रकाश यादबको नेतृत्वमा खटिएको टोलीले गिरिलाई बिहिबार बिहान करिब साढे ११ बजे बुटवलको राजमार्ग चौराहाबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका सई गिरिले बिभिन्न समयमा पक्राउ परेका भारतिय नम्बर प्लेट भएका गाडि छुटाउन पनि दबाब दिने गरेको प्रहरी श्रोतको दाबि छ ।
यस क्षेत्रका प्रहरी प्रशासनबाट चोरीका नाममा पक्राउ गरिएका सवारीका साधनहरु कागजपत्र मिलाएर आफैले प्रयोग गर्ने गरेको पाइएको छ । चौराहाबाट पक्राउ गरिएको कालो प्लेटको कार अनुसन्धान लागि नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बुटवलका सई ओम प्रकाश यादबले बताए । पक्राउ परेका गिरिले आफूले चढेको कार तीन महिनाअघि बुटवलको मिलनचोकको सुजुकी शो रुमबाट निकालेको दाबि गरे । उनले कार आफ्नी श्रीमति आत्मा गिरिको नाममा रहेको बताए । कालो नम्बर प्लेट राखिएको कार भाडामा चल्ने पनि पक्राउ परेका गिरीको भनाई छ । अनुसन्धान टोलिले अनुसन्धानपछि आबश्यक थप कारबाहि गरिने प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । श्रोतका अनुसार क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिएसपि प्रितमराज भट्टराईले पनि चोरीकै गाडि प्रयोग गर्ने गरेका छन् । क्षेत्रिय ट्राफिक प्रमुख डिएसपि प्रितमराज भट्टराईले पनि चोरीकै गाडि प्रयोग गर्ने गरेको बताईन्छ । डिआईजि राजेन्द्र सिंह भण्डारी भन्छन् —‘कतिपय कार्यालयलाई प्रयोजनका लागि कागजपत्र गरेर संचालन गर्न दिएका हौं, यदि कागजपत्र नगरि संचालन गरेको भए जो कोहि पनि कारबाहिको भागिदार बन्नुपर्छ।’
प्रहरीको उपल्लो निकायले नै चोरीको नाममा पक्राउ गरेका गाडीहरु कागजपत्रमिलाएर प्रहरी आफैले चलाउने गरेको बताइन्छ । यस कार्यमा प्रहरी उच्च अधिकारीले नै सहयोग गर्ने गरेको श्रोतको दावी छ । कागजपत्र चुस्त दुरुस्त नभएको भन्दै ईलाका र वडा प्रहरीले केहिदिन अगाडि देखि लगातार गाडिहरु नियन्त्रणमा लिदैं आएको छ । प्रहरीले गाडि नियन्त्रण अभियानलाई चुस्त बनाएको छ । प्रहरीले केहि समय यता बिभिन्न स्थानबाट पक्राउ गरेका साना तथा ठूला सवारीहरुमा लु १ ज ९२८, लु१ज ७७३, लु१ज १६७३, लु१ज ५५८,लु१च १७३०,लु१ज ७७३ पिकअफ,बा१झ १६८१ सेन्ट्रो,लु१च ३०८५ पिकअफ जिप,लु१ज १८७६ लगायतका गाडि छन् । प्रहरीले नियन्त्रणमा राखेका यी गाडिहरुको कागजपत्र चुस्त दुरुस्त नभएकोले नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक रामेश्वर कार्की बताउंछन् । उनले नियन्त्रणमा रहेका सम्पूर्ण गाडिहरुको लेखापढि भैरहेको र कन्द्रबाट आउने प्राबिधिक टोलिले अनुसन्धान गरेपछि मात्र पुष्टी हुने बताए । यसक्षेत्रमा अनुसन्धानका लागि प्राबिधिक टोलि नभएको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

आजको प्रमुख समाचार