मोजमस्तीले लियो विदेशमै ज्यान

८ भाद्र २०६९, शुक्रबार १४:४४ मा प्रकाशित

 काठमाडौं, ८ भाद्र । रोजगारीका लागि विदेशिएका नेपालीले परदेशमा विभिन्न घटनामा परेर ज्यान गुमाएका समाचार हामी बेलाबेलामा सुन्ने गर्छौं । यसैक्रममा क्वालालम्पुरमा एक नेपालीको ज्यान गएको समाचार प्राप्त भएको छ । तर, कुनै दुर्घटनामा परेर नभई ‘आनन्दको सागर’मा पौडने दुष्प्रयासका कारण उनको ज्यान गएकोले यो समाचारको विषय बन्न पुगेको छ । केही दिन ढिलोगरी प्राप्त समाचारअनुसार करिब तीन साताअघि जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नी भियतनामी प्रेमिकासित मस्ती गर्दागर्दै हरिबहादुर नेपाली नामका नेपाली युवाले ज्यान गुमाएका छन् । आफुभन्दा करिब १५ बर्षले कान्छी २४ बर्षिय भियतनामी प्रेमिका लिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुरको राति होटलमै मृत्यु भएको बताइएको छ । स्थानीय दैनिक पत्रिका ‘हरियान मेट्रो’मा यही अगष्ट पहिलो अंकमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक सम्भोग गर्दागर्दै उनको मृत्यु भएको हो । दिउंसो करिब चार बजे होटल प्रवेश गरेका हरिको जोडी चरम आनन्द लिनखोज्दा आफ्नै ज्यानै गुम्नेगरी राती ११ बजेसम्म कोठाको कोठै थिए । राती करिब ११ बजेतिर ब्वाईफ्रेण्डको होस हवास उडेपछि सुतेको होला भन्ने सोचेर सुतीरहेकी प्रेमीका पछि उनलाई बोलाउने र उठाउने प्रयास गर्दा नउठेपछि होटल व्यवस्थापनकहां खबर गर्न पुगेको प्रहरीसंग ती युवतीले बताइन् । मृत्युपछि जाँच–बुझ गर्दा हरि मृत अवस्थामा भेटिएको स्रोतलाई उदृत गर्दै पत्रिकाले उल्लेख गरेको छ । अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका पनि चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको उनले बताएकी थिइन् । घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । लत्ताकपडाहरु छरिएका अवस्थामा थिए । घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी