खड्कालाई ‘फसाइएको’मा कांग्रेस जिल्ला सभापतिहरुदरा आन्दोलनको तयारी

८ भाद्र २०६९, शुक्रबार १३:५८ मा प्रकाशित

काठमाडौं, ८ भदौ । जुझारु नेताका रुपमा कांग्रेसभित्र र बाहिर चिनिएका खुमबहादुर खड्कालाई नियोजित रूपमा भ्रष्टाचारी ठहर गरेको भन्दै कांग्रेस जिल्ला सभापतिहरूले दबाबमूलुक आन्दोलन थाल्ने भएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरूको बैठकले अभियान सुरु गर्ने निष्कर्ष निकालेका हो ।
यतिबेला राजधानीमा रहेका जिल्ला सभापतिहरु देवेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, मदन अमात्य, चन्द्रबहादुर केसी, गणेशमान चक्रधर, मोहनबहादुर बस्नेतलगायतले ७५ वटै जिल्ला सभापतिहरूको तर्फबाट खड्कामाथि गरिएको अन्यायविरुद्ध दबाबका कार्यक्रम सुरु गर्न लागेका हुन् । जिल्ला सभापतिहरूलाई पार्टीका भ्रातृ संगठनहरूले साथ दिने दाबी उल्लेखित जिल्ला सभापतिहरुले गरेका छन् ।
न्यायालयको निर्णयलाई आफूहरुले सम्मान गर्ने तर व्यक्ति हेरेर न्यायाधीशले निर्णय लिने परम्पराकाविरुद्ध आन्दोलनमै उत्रनुपरेको नवलपरासी जिल्ला सभापति देवेन्द्रराज कंडेलले बताए । काठमाडौं कांग्रेस सभापति प्रधानले पनि न्यायालयले सबैलाई एउटै मापदण्डमा राखेर निर्णय गर्नुपर्ने बताए।
खड्कालाई फसाउने नियतले गरिएको फैसला पुनरावलोकन गर्न जिल्ला सभापतिहरूले केन्द्रीय समितिलाई पनि दबाब दिने भएका छन्। नियोजित रूपमा फसाउने ढंगले गरिएको फैसला पुनरावलोकनका लागि पहल गर्न आग्रह गरिने प्रधानले जानकारी दिए । उनले सेना, प्रहरी, न्यायाधीश, अख्तियारका पदाधिकारी र राजनीतिज्ञ सबैको सम्पत्ति जांचबुझ हुनुर्ने तर्क समेत अघि सारे ।
सर्वोच्च अदालतको फैसलाअनुसार खड्काले तिर्नुपर्ने जरिवाना संकलनका लागि खड्काका समर्थकहरुले काठमाडौं र ललितपुर जिल्ला सभापतिको नाममा बैंक खाता खोल्ने भएका छन्।
खड्कालाई फसाएको भन्दै कांग्रेसका भ्रातृ संगठनले उपत्यका र नेपाल बन्दजस्ता विरोध कार्यक्रम समेत ल्याउने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी