फोरम नेताको गोली हानी हत्या

८ भाद्र २०६९, शुक्रबार १३:३० मा प्रकाशित

वीरगञ्ज, ८ भदौ । मधेसी जनअधिकार फोरम (नेपाल)सम्वद्ध एक नेताको आज यहां गोली हानी हत्या गरिएको छ । उपेन्द्र यादव अध्यक्ष रहेको फोरमको भ्रातृ संगठन मधेसी कारखाना श्रमिक फोरम नेपालका महासचिव रामशंकर मण्डललाई आज साढे ११ बजे गोली हानी हत्या गरिएको हो।वीरगञ्ज १४ मा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका अज्ञात बन्दूकधारीले गोली हानेको प्रत्यक्षदर्शीको कथन छ । बताइएअनुसार कृषि सामाग्री कम्पनीको क्षेत्रीय कार्यालयमा मल लिन गएका मण्डललाई कार्यालय परिसरमै गोली हानिएको थियो। गोली लागी ४० वर्षीय मण्डलको घटनास्थलमै मृत्यु भएको थियोभने अहिले उनको शव नारायणी क्षेत्रीय अस्पतालमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार