राष्ट्रपति अग्रसर हुनुको विकल्प देखिएन : गौतम

८ भाद्र २०६९, शुक्रबार १३:२४ मा प्रकाशित

काठमाडौं, ८ भदौ । राजनीतिक निकासका लागि राष्ट्रपतिकै नेतृत्वमा सरकार बनाउनु पर्ने भनी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सुझव दिएको भोलीपल्टै एमाले उपाध्यक्ष बामदेव गौतमले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न राष्ट्रपतिले पहल गर्नुपर्ने धारणा अघिसारेका छन् । प्रेस चौतारीले शुक्रबार चितवन भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गौतमले देशलाई संकटबाट बंचाउन राष्ट्रपति अघि नसरे अरु उपाय नभएको तर्क प्रस्तुत गरे । उनले भने- एकिकृत माओवादीले सत्ता कब्जाको रणनीति अनुरुप सरकार नछोड्ने भएकोले राष्ट्रपतिले कदम चाल्नैपर्छ, राजनीतिक निकास दिई देशलाई बर्बाद हुनबाट जोगाउन राष्ट्रपतिको पहलको बिकल्प छैन ।
गौतमले बाबुराम भट्टराईलाई इतिहासकै कलंकित प्रधानमन्त्रीको उपमा दिंदै उनलाई हटाउंदा राष्ट्रपतिलाई जनताले स्याबासी दिने दाबी गरे । मधेशका केही स्वार्थी गुटको भरमा एमाओवादीले सत्ता कब्जा गर्न संबिधानसभा भंग गर्नेदेखि हुनै नसक्ने चुनावको रटान लगाएको उनले आरोप लगाए। संबिधानले अहिले पनि राष्ट्रपतिलाई आफ्नो अधिकार प्रयोग गर्न दिएको छ भन्दै उनले त्यही धारामा टेकेर अर्को प्रधानमन्त्रीका लागि आहृवान गर्न राष्ट्रपति अघि बढ्नुपर्ने तर्क गरे ।
बर्तमान राजनैतिक संकटको जिम्मेवार एमाओवादी बाहेक कोही नभएको आरोप लगाउंदै नेता गौतमले देशलाई महासंकटबाट जोगाउन सरकारबिरुद्ध भण्डाफोर अभियान चलाउनुपर्ने सुझाव पनि प्रस्तुत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा