एमाओवादीको पदाधिकारी र संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

८ भाद्र २०६९, शुक्रबार १०:५६ मा प्रकाशित

 काठमाडौं, ८ भदौ । गठन हुनुअघि नै आलोचनाको शिकार बन्न पुगेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा सचिवालय गठन तथा भावी रणनीतिका विषयमा निर्णय लिने उद्देश्यले आज बस्दैछ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको उक्त मोर्चाले आजकै बैठकमा विपक्षि दलहरुसँगको छलफल अगाढी बढाउन कार्ययोजना तयार पार्ने पनि बुझिएको छ ।
यसैगरी, पार्टीको महाधिबेसन तथा विभिन्न विवादका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीका पदाधिकारीको हिजादेखि सुरु भएको बैठक आज मध्यान्न पनि बस्दैछ । माओवादी पार्टी कार्यालय कोटेश्वर पेरिसडांडामा बस्नेबैठकमा मधेस ब्यूरोमा देखिएको विभिन्न विवाद एवम् राजनीतिक सङ्कट र निकासका विषयमा छलफल हुने जनाइएको छ ।
बिहीबार बसेको बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न पांचवटा समिति बनाउने निर्णय गरेको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक दस्तावेज बनाउने जिम्मेवारी दिएको छ भने तत्कालीन नीति तथा कार्यक्रमबारे दस्तावेज तयारी पार्ने जिम्मा उपाध्यक्ष बाबुराम भट्टराईलाई दिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारेको दस्तावेज तयार पार्ने जिम्मेवारी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाएका छन् । सांगठानिक प्रस्ताव पोष्टबहादुर बोगटी संयोजकत्वको टोलीले बनाउने र सोनाम साथीको संयोजकत्वमा रहेको टोलीले विधान संशोधन सम्बन्धी काम गर्ने पनि एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन