पोखरा उमनपाका कर्मचारी आन्दोलित

८ भाद्र २०६९, शुक्रबार १०:५४ मा प्रकाशित

पोखरा, ८ भदौ । क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको मुद्दामा आन्दोलित पोखरा थप आन्दोलित बन्न पुगेको छ । पोखरा उपमहानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका कारण उपमहानगरपालिकाको काम ठप्प भएको छ । पोखरा उपमाहानगरापालिकामा रहेको एमाओवादी निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन, कांग्रेसनिकटको स्थानीय निकाय कर्मचारी युनियन, नेपाल र एमालेनिकटको स्थानीय निकाय कर्मचारी संघ एकैचोटी आन्दोलनमा उत्रिएका कारण उपमहानगरपालिका नै ठप्प बन्न पुगेको हो ।
नगरापालिकामा डेढ महिनादेखि कार्यकारी अधिकृत नभएका, स्थानिय विकास मन्त्रालयले भाद्र ५ गतेसम्म कार्यकारीको ब्यबस्था गर्ने भनिए पनि हालसम्म नगरेको र कर्तब्यष्ठि कर्मचारी वडा नं ११ का सचिव भिमदेव शर्मालाई कार्यालय समयमै प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिइएको तर हालसम्म पनि रिहाई नगरेकोले आन्दोलनमा उत्रनु परेको संगठनका अध्यक्षहरुले एक संयुक्त विज्ञप्ती प्रकाशित गरेर जनाएका छन् ।
बिहीबार र शुक्रबारका लागि दुई दिन नगरापालिकाको काम ठप्प पार्ने गरि आन्दोलनमा उत्रिएका कर्मचारीले आइतबारदेखि आन्दोलनका नयाँ कार्यक्रम तय गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत