अनेरास्ववियु पनि आन्तरिक विवादमा, विधान सम्मेलन स्थगित

८ भाद्र २०६९, शुक्रबार १०:४५ मा प्रकाशित

काठमाडौ, ८ भदौ । एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको शनिबारदेखि हुन लागेको विधान सम्मेलन स्थगित भएको छ। पार्टीको बिहिबार बसेको स्थायी समितिको बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।
गत साउन १९ मा ल क्याम्पसमा भएको आक्रमणको विषयमा छानबिन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमा अखिलका समस्या समाधान नगरी सम्मेलन गर्नु प्रभावकारी नहुने सिफारिश गरेको थियो। ुगुण्डागर्दी, अराजकता र संगठनमा देखिएको समानान्तर गतिविध निराकरण नगरी सम्मेलन गर्नु उचित नहुनेु प्रतिवेदन बिहिबार नै बुझाइएलगत्तै बसेको कमिटीको बैठकले उक्त निर्णय गरेको हो। ल क्याम्पसमा अनेरास्ववियुको धौलागिरी(काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा नकाब लगाएकाहरुको समूह प्रवेश गरी अतिथिहरूलाई आक्रमण गरेका थिए। आक्रमणबाट एमाले धौलागिरी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष विजय गुरुङ, म्याग्दी काठमाडौं(सम्पर्क मञ्चका सचिव पदमलाल सापकोटा र अखिल केन्द्रीय सदस्य गणेश सेढाई गम्भीर घाइते भएका थिए । अनेरास्वियुकै सचिवालय सदस्य ऐनबहादुर महरले नै आक्रमण गर्न लगाएको भन्दै घाइते गुरुङले प्रहरीमा किटानी जाहेरी दिएका थिए।
अखिलको विधान सम्मेलन स्थगित भएको यो दोस्रो पटक हो। यसअघि पनि असार २८ देखि ३० गतेसम्म गर्ने भनिएको सम्मेलन स्थगित भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको