मन्त्रीकै आडमा सीटीईभीटीमा भ्रष्टाचार भएको खुलासा

८ भाद्र २०६९, शुक्रबार १०:०५ मा प्रकाशित

काठमाडौं, ८ भदौ । शैक्षिक सत्र ०६९ का लागि विद्यार्थी छनोट गर्न गत साउन ५ र ६ गते लिएको परीक्षाको प्रश्नपत्र परीक्षाअघि नै बाहिरिएको घटनामा अख्तियार अनुसन्धान आयोगले छानबिन सुरु गरे पनि सीटीईभीटीले आयोगलाई असहयोग गर्न थालेको बुझिएको छ । छानबिन गर्न दुई साताअघिदेखि आवश्यक कागजपत्र उपलब्ध गराउन पत्राचार भए पनि अझै जवाफ नदिएर सीटीईभीटीले आफूले गरेको भ्रष्टाचार र अनियमिततालाई अघोषित तवरबाट आफैले पुष्टि गरेको छ । शिक्षामन्त्री दीनानाथ शर्माको आडमा सीटीईभीटीमा भ्रष्टाचार भइरहेको कर्मचारीहरूको आरोप छ । शर्मा मन्त्री भएपछि पहिलादेखि रोकिएको नर्सिङको सम्बन्धन पनि सीटीईभीटीका पदाधिकारीले एक कलेजसंग कम्तीमा २५ लाख रुपैयां लिएर दिएको सुत्रको कथन छ । स्रोतहरूका अनुसार आर्थिक चलखेलकै कारण कलेज सम्बन्धनको पुरानो निवेदनलाई कार्यान्वयन नगरी नयां निवेदन लिने काम भइरहेको छ । दुई महिनाअघि मात्र पांच वटा नर्सिङ कलेजलाई स्वीकृति दिइएको थियो । उक्त कलेजका सञ्चालकबाट उठाएको रकमको आधा हिस्सा मन्त्रालयसम्म पुगेको सम्बन्धन शाखाका एक कर्मचारीको दाबी छ ।
साउन ५ गते भएको छात्रवृत्ति परीक्षामा राजधानीमा नक्कली विद्यार्थी भेटिएका थिए भने ६ गतेको पूर्णशुल्कीय परीक्षामा पनि पूर्वाञ्चलमा प्रश्नपत्र र त्यसको उत्तरसेट नै बाहिरिएको थियो । सीटीईभीटी कर्मचारी संघका पदाधिकारीले प्रश्नपत्र बाहिरिएको छानबिन गर्न अख्तियारमा उजुरी दिएका थिए । त्यस आधारमा छानबिन सुरु गरे पनि माग गरेअनुसार कागजपत्र उपलब्ध नगराएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ । सीटीईभीटी को बेवास्ताप्रति अख्तियारका अधिकारीहरूले आश्चर्य व्यक्त गरेका छन् ।
यता अनियमिततालाई कसरी ढाकछोप गर्ने भन्ने उल्झनमा परेका सीटीईभीटीका अधिकारीहरुले चाहिं अख्तियारलाई जवाफ पठाउने तयारी भइरहेको दाबी गरे । आफूहरुले पनि छुट्टै आन्तरिक छानबिन सुरु गरेकोले अख्तियारलाई जवाफ दिन केही ढिलो भएको उनीहरुको कथन छ । यसबाट भित्रभित्रै सम्बन्धित कागजात हेराफेरी गर्ने र अनुसन्धानलाई प्रभावित बनाउने खेल भइरहेको आशंका गरिएको छ । सीटीईभीटी को प्रश्नपत्र बाहिरिएको दुई सातापछि इन्जिनियर संकायको पनि प्रश्न बाहिरिएको थियो । उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नौ जनालाई नियन्त्रणमा लिइसकेको छ ।
एक प्रति प्रश्नपत्रको दुई लाख रुपैयांसम्ममा प्रश्न बिक्री गरिएको सीटीईभीटीकै कर्मचारीबाट खुलासा भएको थियो । निजी कलेजका संस्थापक र कर्मचारीका हातमा परीक्षाअघि नै प्रश्नपत्र र उत्तरको ुसेटु पुगेको सीटीईभीटी इटहरी कार्यालयका कर्मचारी तेजकुमार पुलामीले छानबिन समितिलाई बयान दिएका थिए ।
सीटीईभीटी ले घटनाको छानबिन गर्नुको सट्टा सात जना निर्देशकको सरुवा गरेर घटनाको ढाकछोप गरेको छ भने आफूहरूलाई सरुवा गरेर कारबाही गरेजस्तो गरी आफू घटनाबाट उम्कन खोजेको सरुवा भएका निर्देशकको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको