‘काँचो मुद्दा’मा उभिएर / जगत नवोदित

२ चैत्र २०६८, बिहीबार ११:५० मा प्रकाशित

फेरि मानव जीवन ‘काँचो मुद्दा’मा अल्झिएको देखें। फेरि म मनमा आन्दोलित भएको छु र पोखिएको छु शब्दहरुमा। थाह छैन ,कहिले पुग्ने हो यो प्रिय पाठकहरुसामु? थाहा छैन। समय मेरो हातमा छैन र कहिले लेखी सक्छु यो भावना त्यो नि टुङ्गो छैन। किनभने म त काँचो मुद्दा लिएर हिडिरहेछु, म त निमित्त बाचिरहेछु।

अब म सानो खुशीको कुरामा रमाउँछु । एकदम सानो कुरा सित। ठूलो खुशीहरु भन्दा अब मलाई सानो कुराहरुको धेरै अर्थ छ । ठूलो सपनाको पछि लाग्नु ठूलो दु:खको पछाडि लाग्नु पनि त रहेछ । यो एकबारको जीवनमा कती दु:ख मात्र बोकेर हिंड्नु ? कती सँङाल्नु पिडालाई?
अस्ति हेर्दाहेर्दै जापानमा ठुलो भुँइचालो गयो। भुइचालो सँगै सुनामी गयो। त्यो दुई चिज सँग लाखौंको घर गयो, हजारौको जीवन गयो। धेरै चिज गयो। धेरैको रहरहरु गयो, आकङ्क्षा र सपनाहरु गयो । मान्छेले कती दिन देखि गरेको दु:खको सिर्जना एकै दिनमा नष्ट भयो।
जापानमा भएको त्यो दु:खको भयाबह द्रिस्य टेलिभिजनले देखाइरहेको बेलामा म आफन्तको पाहुना घरमा थिए। केही पुराना र केही नयाँ अनुहार बिच थिए । आफन्तहरु भेट्दा मलाई खुशीको रङले चुम्थ्यो तर त्यो दिन मलाई दु:खको रङ्ले ढाकेको थियो। हाम्रो जीवन प्रकितिको सुन्दर सिर्जना हो, यही सिर्जनालाई प्रकितिले ध्वस्त बनाइरहेको थियो। प्रकृतिको यती निस्ठुरी रुप मैले शायदै देखेको हुला। कालो समुद्र रफ्तारमा मान्छेको बस्तीतिर कुदिरहेको थियो। समयलाई खेद्दै गाडीमा गूडिरहेका मान्छेहरु क्रमश समुद्र भित्र पस्तै थिए। समुद्रले आफ्नो रिस मार्दै थियो । के बगर, के गाउँ, के शहर सबको आक्रिती पुरै बद्लिदै थियो। बाटोहरु भत्किरहेका थिए, रुखहरु लडिरहेका थिए र पुलहरु जताततै ढलिरहेका थिए।
मानब समाजलाई बिस्मयले छोपेको त्यो साँझ हामीले आगामी भबिस्यको बारेमा छलफल गरेका थियौ। आउँदै गरेको २०१२ र यो सँगै जोडीएका हल्लाहरुको बारेमा कुरा गरेका थियौ। मिडल ईस्ट र अरु धेरै ठाउमा चर्किरहेको युद्धको बारेमा पनि चासो राखेका थियौ । तर त्यो कुनै कुरा पुरा थिएन। अधुरो, अपुरो थियो किन भने यो सबै काँचो मुद्दा थियो ।

+++
सृस्टिकाल देखी समय एउटा मुद्दामा छ। अनन्त अनन्त काल सम्म चल्ने मुद्दा। हरेक दिन रातको बिरुद्धमा छ र रात दिनको बिपक्षमा। समयको गती नरोकिएसम्म यो क्रम चलिरहनेछ। यही रित हाम्रो जीवनमा छ, हाम्रो तनमा छ , मनमा छ र यौबानमा पनि छ । सुखको पूर्णताले अघाएको कोही छैन धर्तिमा, सन्तुस्टिको अन्तिम सिमामा यात्रावत कोही छैन प्रिथिबिमा । दिन साँझको संघारमा पुगेर ढल्के जस्तै मान्छेको अनन्त त्रिस्णा समयको एक बिन्दुमा पुगेर आधी रहन्छ। जुन दिन मान्छेलाई बाछेको हजारौ दिन, लाखौं घन्टा भन्दा सक्तिशाली एउटा पलले सधैंलाई चुडाएर लैजान्छ।धन र सम्पत्तिले पूर्ण भए बिल गेट्स आराम गर्थे, ज्ञानको बाटो अन्तिम पुगेर टुङिने भए महात्माहरु कही पुगेर रोकिन्थे। हामी कहाँ भर्चुअल संसार बन्ने थिएन र हामीले खेलाउन पाउने थिएनम हात हातमा आई फोनहरु। भौतिक संसारको यही पूर्ण कुराको अपूर्णताले हामी बाच्ने संघर्शमा हिडिरहेछौ । यो अपूर्णता खेप्नुको अर्को नाम हो काँचो मुद्दा बेहोर्नु । हामी सबैले कुनै न कुनै रुपमा काँचो मुद्दा खेपिरहेछौ । आनन्द मानेर रातमा सुत्दा समेत प्रक्रिती सित श्वासप्रश्वास गर्न हामी लडिरहेछौ। यसरी नमरुन्जेल हामी सबैले बाच्नुको नाममा बोकिरहेछौ एक एक काँचो मुद्दा।
+++

यो चिन्तनले समाते पछी जन्मिएको हो मेरो नयाँ कृति काँचो मुद्दा । अन्तिम पटकको नेपाल यात्रामा समयको भारले किचिदै गएको थिए। मेरो असहज परिस्थितीले गर्दा म भित्रको सिर्जना काँचो मुद्दा यसै लथालिङ हुन लागेको थियो। दाजु शशी लुमुम्बुले सहयोगको साचो दिनु भो । थाती रहेको रमेश पौडेलको आकर्शक आबरण सजियो किताबको जिल्लामा। डा गोबिन्दराज भट्टराई, क्षेत्रप्रताप अधिकारी, बिक्रम सुब्बा, श्रवण मुकारुङ दाईहरुले मायाको लेपन लगाइदिनु भो । हामीले दु:ख गरेर बनाएको घर नेपाली प्रतिभा प्रतिस्ठान, बेलायतले न्यानो ओत दियो। काँचो मुद्दा तयार भयो ।
अलिक समय त किताब कोठाको दराजमै सिमित भयो सिवाय मैले केही आफन्तहरुलाई हात हातमा थमाए।
केही समय अगाडि मात्र एउटा अवसर मिलयो-काचो मुद्दालाई सार्वजनिक गर्ने। ठुलो सभा थिएन त्यो दिन , न त मान्छेहरुकै ठुलो भिड । थेम्स कलेज, लण्डनको एउटा कक्षमा थोरै तर खाटी साहित्य प्रेमी बिच महामहिम राजदुत डा. सुरेशचन्द्र चालिसेको हातबाट काँचो मुद्दाको अनुहार उघ्रियो । मैले खुशीको अनुभुती सँगाल्न पाए । कस्तो मिठो सन्योग- मलाई १२- १३ बर्ष अघी देखी माया गर्ने,हौसला दिने दिदी शशी, दाई कृष्ण बजगाईको उपस्थिती। पछील्लो समय मेरो कबितालाई माया गरेर मलाई पनि माया दिनु हुने दाजु बिश्वोबिमोहन, अनी मित्रहरु डा रुपक र लाराजी पनि सम्झिरहेछु उसदिनको यादमा।
+++
लेख्नु मेरो अनुभबमा एउटा पिडाबरण गर्नु पनि हो। लेखी सक्नु पिडापछीको मुक्ती हो । यस अर्थमा काँचो मुद्दा मेरो लागि पिडा पछीको मुक्ती हो। लेखन मेरो ब्यबसाय वा पेशा हैन। बिशुद्द रहर हो, कर हैन । मैले देखेको, बुझेको र अनुभब गरेको कुरा बाड्नलाई, अरु सँग पुग्नलाई म लेख्छु । भनिन्छ जस्ले आफुलाई माया गर्दैन, अरुलाई पनि माया गर्न सक्दैन। मलाई सत्य लाग्छ। म आफ्नो जीवनलाई प्रेम गर्छु र बाँकी जिबनहरुलाई पनि उसै गरी प्रेम गर्ने रहर गर्छु। मेरो लेखनको मुद्दा नै जीवन हो। बमको धुवामा आँफैलाई हराइरहेको त्यो सैनिक हुन सक्छ, आँफैलाई बेचेर पेट पालिरहेकी कुनै विवश फुल हुन सक्छ, गोठालामा खोप्पी खेल्दै जीवन काटिरहेको एउटा धुलौटे बालक हुन सक्छ वा घासदाउरा गर्दै सिन्केधुलो खेल्दै माया बाटिरहेकी कुनै मायालु हुन सक्छ र समग्रमा भनौ कुनै पनि हुन सक्छ जीवन। सजिलोको लागि यसो भनौ अनन्त सिमाभित्र फैलिएको जीवनको आयाम भित्र छ मेरो लेखन। लेखन छ त त्यहा जीवन अस्तित्वको मेरो जिकिर छ, जीवन छ र त म लेख्छु। जीवन बिनाको लेखनमा मलाई विश्वाश छैन ।
मैले लेख्न रहर गर्दा फुल जस्ता मान्छेहरुले मलाई माया दिए । मैले लेखनमा सपना बाड्दा इन्द्रेनी जस्ता मान्छेहरु भेटे। मैले लेखनमा हिंड्ने रहर गर्दा पहाड जस्ता मुटु बोकेका जीवनहरु देखे । लेखनमा मैले गती चाल्दा नदी जस्तै जीवनहरु हेरे। आहा! कस्तो मिठो छ जीवन तर मान्छेहरु आँफैले तितो बनाईरहेका छन, आहा! कती सुन्दर छ जीवन तर मान्छेहरु आँफैले कुरुप बनाइरहेछन , आहा! कती सँङ्लो छ जीवन तर मान्छेहरु आँफैले धमिलो बनाईरहेका छन।
मेरो लेखनको पहिलो पाईला’जीवन अनुभुती’ भन्नु जीवनलाई देख्नु थियो। मेरो लेखनको दोस्रो पाईला ‘अक्षय आक्रिती’ भन्नु जीवनलाई चिन्नु थियो र तेस्रो पाईला ‘काचो मुद्दा’ भन्नु जीवन छेउ पुग्नु हो। जीवनलाई छुनु हो। जीवन सँग अलिकती भलाकुसारी गर्नु पनि हो। अब जीवन छेउ पुगेपछी म जीवन सँग निरन्तर सम्बादमा रहनेछु । खोतल्नेछु जीवनको दु:खसुख। झेल्नेछु आधिहुरी जीवन सँगै।
+++
निर्बिबाद कुरा हो, साहित्यमा सब भन्दा धेरै लेखिने बिधा कबिता हो किनभने भनिन्छ नि बैसमा स्याल घोर्ले भए जस्तै सबै मान्छे एक्चोटी कबी हुन्छन। यो कथन भित्र कतिको सत्यता छ मलाई थाहा छैन। तर के चाँही साचो हो भने राम्रो कबिता लेख्न भने सजिलो छैन । त्यही अफ्टेरो काम गर्ने रहर लागेर काँचो मुद्दामा उभिएको । मुद्दा जित्ने वा हार्ने?फैसला बिज्ञ पाठकहरुको हातमा छोड्दै ‘आगो प्रश्न’ टुङाउनिमा राख्न चाहन्छु-
देखी देखी तिमीले
आगोमा
जलिरहेको म
प्रश्न गरेथ्यौ

सञ्चै छौ ?

सत्य होला
त्यतिबेला आगोले भन्दा
तिम्रो प्रश्नले पोलेथ्यो

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो