मलेसियामा नेपाली कामदारको पीडाको अर्को पाटो : पासपोर्ट चोरी

८ भाद्र २०६९, शुक्रबार ०८:२८ मा प्रकाशित

काठमाडौं, ८ भदौ । अनेक पीडा, समस्या र हैरानी झेलेर रोजगारीका लागि मलेसिया पुगेका नेपाली युवाले त्यहां पुगेपछि पनि अनेकौं सास्ती व्यहोर्नु पर्ने हुन्छ । त्योमध्येको एक हो– पासपोर्ट चोरी । पासपोर्ट चोरी मलेसियामा निकै गंभीर समस्याका रुपमा बढेको छ नेपाली युवाका लागि ।
नेपाली कामदार कम्पनीमा काम गरिरहेको हुन्छ, तर उसको पासपोर्ट बंगलादेशी वा भियतनामीले प्रयोग गरिरहेको पाइएको छ । कम्पनीका जनसम्पर्क अधिकृत (एचआर)हरुले मोटो रकम लिएर नेपालीको पासपोर्ट बेचीदिने आमप्रबृति देखिएको छ । खासगरी हाल मलेसियामा प्रतिविन्धित बंगलादेशी नागरिकहरुले नेपाली पासपोर्टमा पीसी गरेर कम्पनीमा काम गरिरहेका छन् । यस्तो धन्दामा ठूलै गिरोह संम्लग्न रहेको बताइन्छ । राहदानी चोरीको यो प्रवृतिले प्रत्यक्ष रुपमा कामदारको अधिकार छिनीरहेको देखिएको छ भने अप्रत्यक्ष रुपमा त्यसले राष्ट्रको सार्वभौमिकतामाथि नै प्रहार गरिरहेको छ । चोरीको राहदानी बोकेका विदेशी नागरिक आतंकवाद तथा विष्फोटका घटनामा संलग्न भए कम्पनीमा काम गरिरहेको निर्दोष नेपालीका हातमा हतकडी लाग्ने र उसको जीवन सड्ने स्थिति छ । यस्तो गंभीर र जोखिमपूर्ण स्थिति देख्दादेख्दै पनि क्वालालम्पुरस्थित नेपाली दूताबासले समस्या निराकरणमा ध्यान दिन नसकेको गुनासो सुनिन्छ ।

समस्या हुंदाहुंदै पनि नेपालीका लागि मलेसियामा संभावना जिवित
मलेसिया नेपाली कामदारका लागि कतारपछिको दोश्रो आकर्षक गन्तव्य मानिएको छ । भूमध्य रेखामा पर्ने भएपनि नेपालको औसत भन्दा केही बढी प्राय ः ३७ डिग्री तापक्रम रहने त्यहाको वाताबरण नेपाली कामदारका लागि अनुकुल नै मानिएको छ । बेलायती सेनामा रहदा नेपाली सैनिकले देखाएका वीरता, त्याग र बहादुरीका कारण अन्य देशबाट आउनेभन्दा नेपाली अहिले पनि त्यहां बहादुर, विश्वासिला र कर्तव्यनिष्ठ कामदारका रुपमा रहेका छन् । त्यहांका राजाले सुरक्षागार्डमा नेपालीहरुलाई प्राथमिकता दिन गरेको आग्रहले मलेसिया नेपालीका लागि आकर्षक नै देखिएको छ ।
सेक्युरिटी सर्भिस र म्यानुफ्याक्चरिङ अर्थात् सुरक्षा सेवा र उत्पादनका क्षेत्रमा नेपाली कामदारहरु काम गरिरहेका छन् । तर अर्लि डिपार्टिएसन् अर्थात् करार अवधिभन्दा छिटो नेपाल फर्किन चाहने प्रबृतिका कारण नेपाली लिन कम्पनीहरु कहिलेकाहीं सशंकित हुने गरेका छन् । नेपालको दुरदराज ग्रामीण बस्तीमा बस्ने नेपालीका अगाडि एकसाथ अजंगको मेसिन खडा हुंदा धेरै कामदार अताल्लिने गरेका छन् । कतिपयले मेसिनको गति बुझ्न नसक्दा हातका औंला र पुरै हात नै गुमाएर अंगभंग भएका घटनाहरु पनि प्रशस्तै देखिएका छन् । मलेसियामा स्वास्थ्यका पनि केही समस्या देखिएका छन् । नेपालका गरेको स्वास्थजांचमा फिट भएकामध्ये केही मलेसियामा गएर पुनः स्वास्थ्यपरीक्षण गर्दा असफल हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर