पूर्व गुप्तचर प्रमुखकी श्रीमती ठगी आरोपमा पक्राउ

७ भाद्र २०६९, बिहीबार १९:३३ मा प्रकाशित

काठमाडौं, ७ भदौ  ।राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख अशोकदेव भट्टकी श्रीमती प्रतिमा सिंह भट्टलाई ठगीको आरोपमा पक्राउ गरेको छ । प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगादिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको अभियोगमा उनलाई  साँझ पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको छ । जागिर लगाइदिन्छु भनेर ४६ लाख ३५ हजार ठगी गरेको आरोपमा भट्टलाई पक्राउ गरिएको हो । भट्टविरुद्ध ठगी मुद्धा चलाईने छ । युवराज न्यौपाने र मनोज यादवले भट्टविरुद्ध ठगीको उजुरी दिएका थिए । सोही आधारमा बैद्यनाथप्रसाद कर्ण र कल्पना कर्णलाई पक्राउ गरेपछि ठगीको नाइके भट्ट भएको खुलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल