“निशा र मेरो डायरी “-इन्द्रेणी शर्मा ´´जलद´

२ चैत्र २०६८, बिहीबार ११:४८ मा प्रकाशित

´´मेरो नाम मनोहर शर्मा ,मेरो खासै पेशा केही पनि छैन म एक सामान्य नागरीक , कृषक जनजीवनको सुत्रधार , जीवनका केही कुराहरु जुन बर्तमान र भबिष्यलाइ अर्थ राख्छन त्यो डायरीमा लेख्नु मेरो यहि सामान्य सोख हो मानिसले मेरो बारेमा धेरै चर्चा परिचर्चा गरेका हुन्छन तर मेरो कान ति अबला नारीहरुको पीडादायी जीवनसँग गासिएको हुन्छ मैले आज मेरो एक अभिन्न साथी हुनुहुन्छ जसले आफ्नो शहरको जीवनदेखि वाक्क लागेर हाम्रो गाउँ बेशीमा जीवन बिताउदै हुनुहुन्छ उहाले सुनाउनु भएको मेरो डायरीको एक कथा हो दुइ युवा युवतीको मार्मिक प्रसंग छ निशा मेरो जीवनमा आएकी त्यस्ती युवती हुन उनको कथा ब्यथा सुने पछि रातभर निन्द्रा लागेन उनको लोग्नेले आफ्नो पेवा गरगहना लुट्य-पाट्य गरेर घरबाटै निकाली दियो माइती घरबाट पनि निशा छोरी चेलीको कुनै मानमनितो नभए पछि अन्तिम उपाय आत्माहत्याको लागि तयार भएको अनुमान लगाएँ धेरै सम्झाएँ आखिरीमा मेरो जीवनमा आउने जिद्दी गर्न थाले पछि नितेशजी साहरा लिन पुगें
दिनांक२०……. डिसेम्बर २२ को घटना हो ——————–
´´नमस्ते नितेश दादा आराम हुनुहुन्छ ?´´
ठिक छु निशाजी नि आराम हुनुहुन्छ ?
हजुर दादा ठिक छु या बेठिक ?म गम्भीर अबस्थामा छु दादा, कसरी सुनाउँ मेरो बेदना दुख्ख ? हजुरको के छ नि ? भन्नुस न ?
ठिकै छु निशाजी मेरो खवर एक पटक आफु जन्मेको शहरमा जानु पर्ने थियो जब त्याहाँ पुग्छु मलाई पनि त्यस्तै अतितले लखेट्छ ´´
कस्तो दादा ?भन्नुस न किन लुकाउनु हुन्छ ?मेरो जस्तो नारीका आला चोट त होइन नि ? हुन र ?´´म के गरूँ दादा ?मर्नु न बाँच्नु भएकी छु मेरो कोखमा त्यो पापीको रगत छ पापीले ढोका दियो बाचूँ सन्तान कसरी हुकाउँ मर्नु लाचार बनेर बाँच्छु भन्दा म जस्ती मरेकै जाति को दुखि हुन्छ र म मर्दा ?´´
´´निशाजी किन पीर मान्नुहुन्छ यस्तो कुरा लिएर ? निशाजी पिर नगर्नुस , जिन्दगीलाई बोझ नठान्नुस धेरै मानिसका केही न केही समस्या त हुन्छन नै ´´नितेश शर्माले सम्झाए
´´ आखिर म के गरूँ , अब म बाँच्नुको कुनै अर्थ छिन नितेश दादा , म हरेक कुराले यो समाजबाट लुटिन पुगें /जसलाई जीवनको सर्वश्व सम्झेकी थिएँ त्यहि समाजको एक पीडकबाट पिडा भोग्न बाध्य भएकी छु
´´एक पटक मनोहर बाबुलाई भेट्नुस न, उहाँले केहि उपाय दिनुहुन्छ कि? शायद मेरो बारेमा सोध्नुहुन्छ भने कठिन छ म पनि धेरै यातना र कष्ट भोग्दै आएकोछु´´
हुन्छ दादा हजुरले धेरै सहयोग र भरोसा दिनुभएको छ हजुर जस्ता मानिसको संगत भएको भए मेरो जीवनले पनि केही सुन्दर सपना बुन्ने थियो तर आज सारा कुराबाट अलग हुनुको पिडा छ दादा यो निष्ठुरी समाजले धेरै मानिसलाई अपराधी बनाएको छ किनकी हरेक मानिस जन्मदा निर्मल हुन्छ पछि बिकार हालिन्छ जात, लिंग, धर्म, संस्कार, र वर्ण स्तरले मानबिय सोचाइ नै छिन्नभिन्न बनाएको हुदो रहेछ संकराचार्य , बुद्द ,जिजस , मोहमद पैगम्बर आदि आए समाजको लागि बाटो देखाए आज उनीहरुको ठिक बिपरित हुदैछ मानबताको संसारमा धेरै किटाणु पसे ´´
´´ठिक भन्नुभयो निशाजी हजुरले जीवनको यथार्थ बुझ्नुभएको रहेछ मैले त सोचेको पनि थिइनं , हजुरको यो कुराले एक अतितको झल्को आयो´धरै बर्ष अघिको कुरा हो यो म त्यस्तै १५/१६ बर्षको हुदो हुँ ´´
´´भन्नुस न नितेश दादा कस्तो कुरा हो ?´´
ल सुन्नुस निशाजी ,एक दिन म आफ्नो स्कुलबाट फर्कदै थिएँ बाटोमा एक जोडी नयाँ दम्पति आपसमा आफ्नो बिगत सुनाएका थिए अचानक लोग्नेको पुरानी केटीसाथी फेला परी त्यो युवतीको आँखामा प्रतिसोधको हेराइ थियो ,श्रीमतीले आफ्नो लोग्नेको अनुहारमा हेरे पछि जिल्ल परी के हो यो चर्तिकला ?ऊ आफैमा डराई ´´किन के भो र ?´´भनेर सोधी
उसले आफ्नो बिगतको कुरा यथार्थ बताएको थियो ऊ अपांग भएको जानकारी दिए पछि त्यो युवतीले पछि कुनै चासो नराखेको बताएको थियो आज आफ्नै अगाडी यथार्थ देखे पछि त्यो युवतीलाई हुनसम्म को रिस आएको थियो अचानक युवतीको पछाडी मनोहर टुप्लुक्क आए पछि युवतीले आफ्नो कुरा सारा सुनाइ जेजे बिगतमा भएका थिए आखिरमा त्यो युवतीले लोग्नेको आगाडी आएर भनि
दिपेश बाबु यो मेरो भुल थियो गल्ति तिमीले गरेका थियौ म तिम्रो जीवनमा आउन कति संघर्ष गरेकी थिएँ तर तिमीले आफु बुटवल तानसेन सडक मा तानसेन जादा आफु जीवन भरि नै अपांग भएको कुरा सुनाएका थियौ मैले तिमीलाई सम्झाएकी पनि थिएँ तर तिमीले नै भनेका थियौ मबाट कहिल्यै सन्तान प्राप्त हुनसक्ने छैनन् किन कि मेरो जीवनमा एक कहिल्यै निको नहुने चोट लागेको छ तिमीले यसै भनेका थियौ हैन ? तर आज तिमि सामु एक नारीआफ्नी जीवन संगिनी बनाएर मेरो जीवन नै कालो संसारमा पुरायौ दिपेश म माफि कसरी दिउँ?´´दिपेशको आँखामा बिगतले नदीको प्रवाह ल्यायो आंधीहुरी तुफान ल्यायो ऊ आफुलाई काबु राख्न सकेन जहाँको तही ढल्यो , दिपेशकी नया श्रीमती त्यो युवतीसंग आक्रोशित बनी
मार्नुस मलाइ हजुरलाई खुशी लाग्छ भने दिपेश मेरो भै सके पछि आज आफ्नो प्रतिसोध ममाथि किन ?के बिराएँ मैले जति बेला दिपेश अस्पतालमा थिए त्यो बेला किन न आएकी आज यत्रो समय पछि ?मेरो लोग्नेलाइ डस्न आएकी ?तिमी नारीको लागि कलंक रहेछौ मेरो लोग्नेलाई केही मात्र होस् तिमीले पनि त्यो कुरा सम्झे हुन्छ
युवतीको आँखासामु कालो सर्पले टुंगन आए जस्तो लाग्यो ऊ पनि के के सोची भुइँ मै पछारिन पुगी आखिर हामीले दुबैलाई अस्पताल पुरायौं
त्यस पछि के भयो नि नितेश दादा ?
सारा कुरा मनोहर बाबुले लेख्नु भएको हो एकदिन मैले हेरेको थिएँ आज त्यहि घटना निशाजीको जीवन प्रसंगले सम्झाएको हो
——————————————————————————————————————————————————————————————————-
रात भरि सपनामा यहि कुरा देखि रहें
´´तिमी मलाई किन खोजेकी ? को हुं म तिम्रो ? के सम्बन्ध छ के लेनदेन छ आखिर मेरो लागी किन मरे हत्ये गरेकी निशा ? तिमीलाई थाहा छ तिमी कुन हालतमा थियौ ? आज कस्ले यो अबस्थामा पुरायो ? कृपया मलाई यसरी नसताऊ निशा म यो हालतमा छु की मलाई धेरै मानिसले तिम्रो र मेरो बारेमा अनेक तरहका कुरा गरेर हैरान पारे मलाई मुक्ति देऊ निशा ´´
´´ हजूर मेरो साक्षात देव हुनुहुन्छ म कदापि हजूर बिना बाँच्न सक्दिन मारे पाप पाले पुण्य ´´

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा