आन्दोलनको बिकल्प नभएको एमालेको ठहर

७ भाद्र २०६९, बिहीबार १९:२७ मा प्रकाशित

काठमाडौं, ७ भदौ । नेकपा एमालेले सरकार अधिनायकवादी बाटोमा जान थालेको तथा एकीकृत माओवादीले सहमतिको बाटो छोड्दै गएकाले मुलुकलाई सहमतिको यात्रामा फर्काउनका लागि आन्दोलनको बिकल्प नभएको ठहर गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा बसेको स्थाई कमिटिको बैठकले सरकार अधिनायकवाद तर्फ लागेको र माओवादी राजनीति सहमति भन्दा ध्रुविकरण तर्फ उन्मुख हुन थालेकाले आन्दोलनको बिकल्प नभएको ठहर गरेको हो । बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले मुलुकको निकासका लागि आन्दोलनको बिकल्प नभएकाले आन्दोलन सशक्त बनाउनका लागि पार्टीका सवै संयन्त्र परिचालन गर्ने निर्णय भएको बताउनुभयो ।
यसैगरि बैठकले तयारी नपुगेको भन्दै अनेरास्ववीयुको घोषित विधान अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । बिधान अधिवेशन भदौको ९ देखि ११ गते सम्मका लागि तोकिएको थियो । पार्टीबाट असंतुष्ट बनेको जनजाती नेताहरुलाई जिम्मेवारीमा फर्केर नियमित काम गर्ने समेत अग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार