छिटो नै राष्ट्रिय सहमतिको सरकार : ओली

७ भाद्र २०६९, बिहीबार १९:१८ मा प्रकाशित

काठमाडौं, ७ भदौ  । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले छिटो  राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनु भएको छ ।
बिहिबार भारतबाट फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा  उहाँले राष्ट्रिय सहमतिको सरकारको लागि दलहरुले राष्ट्रपति समक्ष प्रस्ताव लैजाने र त्यस पछि छिटो राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनु भयो ।
वर्तमान सरकारमा रहेका राजनैतिक दलका नेताहरुसँग सरकारको नेतृत्व गर्ने हैसियत नै नभएको नेता ओलीको आरोप थियो । नियमित स्वास्थ्य परिक्षणको लागि भारत जानु भएका उहाँले भारतमा रहदा विभिन्न राजनीतिक दलका नेताहरुसँग समयसामीक राजनीतिको विषयमा छलफल भएको बताउनु भयो । भेटमा भारतले पनि नेपालमा छिटो राष्ट्रिय सहमतिको सरकार बनोस भन्ने कामना गरेको उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी