राजधानीमा लघुकथा दिवस सम्पन्न

७ भाद्र २०६९, बिहीबार १७:२४ मा प्रकाशित

लघुकथा दिवसको अवसरमा राजधानीमा मंगलबार बहुभाषी लघुकथा गोष्ठी सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठान र लघुकथा समाजले संयुक्त रुपमा गरेको कार्यक्रममा २१ कथाकारले लघुकथा वाचन गरे । बहुभाषीक लघुकथा गोष्ठीमा नेपाली, हिन्दी, थारु, सुनुवार, भोजपुरी, धिमाल, डोटेल, थामी, जिरेल, लिम्बू, अवधि, गुरुङ, उर्दु र मैथिली गरी १३ भाषाका २१ स्रष्टाले कथा वाचन गरे ।

कार्यक्रममा अशेष मल्ल, यादव खरेल, भागीरथी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, टेकराज थामी, टङ्कराज सुनुवार, सुरज जिरेल, आलोक तिवारी, सलिना गुरुङ, पदम माबो, विश्वविमोहन श्रेष्ठ, लगायतका २१ स्रष्टाले लघुकथा वाचन गरेका हुन । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाको प्रमुख आतिथ्य रहेको कार्यक्रम लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा नेपालमा पहिलो पटक लघु कथामा शोध गर्ने ईश्वरीप्रसाद पोखरेललाई सम्मान समेत गरियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने