प्रेम पत्र – “सम्भब भएन यो समयमा त” – पूर्ण ‘कान्छा’ गुरुङ

७ भाद्र २०६९, बिहीबार १७:१४ मा प्रकाशित

सम्भब भएन यो समयमा त
मनको कुरा राख्नलाई भेटेर
तिमीलाई प्रपोज गर्न पुगेछु
सबै कुराहरु पत्रमा लेखेर

खै किन हो आज भोली अनगिन्ति सपनाहरु देख्न थालेको छु,
यो जिन्दगीमा खुसी खुसीको रंग भर्ने धेरै आशाहरु पालेको छु,
समयको चक्रसगै भौतिक सरीर दुर भएता पनि, हुँदैछ
यो तन मन त्यो मनको मझेरीमा। खेली रहेको हुन्छ आफै
एकनास लुकामारी, भन्दै तिमी कहाँ छौ? म त यता छु,
मलाइ देख्यौ? ल मलाई देख त म कहाँ छु?
अझै आफै भन्दै कुक्कु कुक्कु म यहाँ छु भन्दै यो मन तिमीसगै
खेली रहेको हुन्छ।
थाहा छैन तिमीलाई कस्तो महसुस भएको छ, मेरो बारेमा के सोचेकी छौ।
जब मैले त्यो दिन त्यो समयको पलहरुलाई भुल्न पनि नसक्ने अबस्तामा
पुगेछु। तिमी र म दुई घण्टा मात्र च्याटमा कुरा गरेका थियौ।
आज मलाई त्यस्ता पलहरु आइरहे पनि हुन्थ्यो भन्ने लागिरहेको छ।
मलाई पनि थाहा छैन तिमी के कुन अबस्तामा छौ? तर यो मनले
बारम बार सोधी रहेको हुन्छ कहाँ छौ र के गर्दै छौ भन्दै।
बिपनीमा त अहिले नै भेटेर भन्न सकिदैन किनकि
मेरो जिउ ज्यानै भाडामा दरिएको छ र पनि यो मनले भनिरहेको हुन्छ
सपनिमा त भेट्न आई भेटेर सबै कुरा बताई दिए पनि हुन्थ्यो म ढुक्क साथले
अर्काको भाडा तिर्दै गर्ने थिए भनेर। साच्चै मैले विश्वास गरेको छु तिमीमा
यी पलाएको मेरो अनगिन्ती सपनाको आशारुलाई तिमीले आकुरामै निमुठेर
पक्कै फल्ने छैनौ। मलाई लागी रहेको छ मल जल गरि फूल फुलाएर फल फलाउने छौ।
यी भोको मेरो मनलाई तिमीले त्यो फल टिपेर टन्न खाना खुवाउने छौ…
भौतिक सरीर टाढा हुदा आज यो पत्र लेख्न पुगे यी मैले लेखेको पत्र
तिमी सामु छिट्टै पुग्ने छ भन्दै यो गजल छोड्दै बिदा हुन चाहान्छु

जीवनको सुख दुखमा चर्छु तिमी सगै
यो मायाको नाप तौलमा पर्छु तिमी सगै

जिन्दगीको मोडहरुमा हातेमालो गर्दै
जीवन भरी संघर्स म गर्छु तिमी सगै

संघर्सको त्यो फल टिपी मुठी माना गर्दै
यो गरिबीको खाली धोक्रो भर्छु तिमी सगै

मन भित्र घोचिरने त्यो काडा हटाएर
ति गुलाबी फुलको रंग भर्छु तिमी सगै

समयको यो चक्रभित्र कैले हास्दै रुदै
जीवन अन्ते हुँदा म त मर्छु तिमी सँगै
गजल
तिमीले प्रश्न गरेको खै कान्छी
शान्तिको छायाँ छरेको खै कान्छी

नबसौ सुति अगाडी बढ्नु छ
जाको त्यहि छौ सरेको खै कान्छी

त्यो खाली घैटो भर्नु छ हामीले
खाली नै रह्यो भरेको खै कान्छी

जानु छ पारी बिचमा खोला छ
जहिले वारी तरेको खै कान्छी

गरेर बन्दा हुदैन आनन्द
बेमानी मान्छे हरेको खै कान्छी

पूर्ण कान्छा गुरुङ
फेदिगुठ १ ओखलढुंगा
हाल कतार

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एक चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै यौन सम्बन्ध बनाएको खुलासा भएको छ । एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे

चीनकी एकजना महिला ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् । ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन्

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म