कोरोना संक्रमणका बीच आइसको अपरेशन, २ हजार कागजपत्रविहिन पक्राउ

१८ भाद्र २०७७, बिहीबार ११:०४ मा प्रकाशित

वाशिंगटन । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कोरोना महामारीका बेलामा गरेको अपरेशनमा २ हजार कागजपत्रविहिनलाई पक्राउ गरेको मंगलबार जनाएको छ । अपरशेन जुलाईदेखि अगस्तसम्म संचालन गरिएको थियो ।

अपरेशनका क्रममा अपराधको अभियोग लागेकाहरुलाई पक्राउ गर्नमा ध्यान केन्द्रीत गरेको बताइएको छ । तर कुनै अपराधको पृष्ठभूमि नभएका कागजपत्रविहिनहरु समेत यो अवधिमा पक्राउ परेका छन् ।

निवास, कार्यस्थल, ट्राफिक स्टप लगायतका ठाउँहरुबाट उनीहरुलाई पक्राउ गरिएको आइसले जनाएको छ । लस एन्जलसमा सबैभन्दा धेरै कागजपत्रविहिनलाई पक्राउ गरिएको छ । पहिले नै देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेकाहरु पक्राउ परेको जनाइएको छ ।

पक्राउ परेकाहरुमध्ये झण्डै ८५ प्रतिशत भने अपराध पुष्टी भएकाहरु रहेका छन् । घरेलु हिंशा, लुटपाट, डकैती र यौन हिंशा गरेकाहरु सबैभन्दा धेरै रहेका छन् ।

महामारीका बेलामा आफूले कहिले पनि कागजपत्रविहिनलाई पक्राउ नगर्ने नबताएको तर सार्वजनिक सुरक्षामा खतरा रहेकाहरुलाईमात्र पहिलो प्राथमिकता दिइएको आइसले जनाएको छ । अध्यागमनका नियम उल्लंघन गर्नेहरुलाई पक्राउ गर्ने क्रम जारी रहने र महामारीका नाममा छुट नदिइने आइसले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुशार हिराशतमा रहेका ५३ सय भन्दा धेरै आप्रवासीहरुमा कोरोना पोजेटिभ देखिएको छ भने कम्तीमा ६ जनाको मृत्यु भएको छ । आर्थिक बर्ष २०२० सुरु भएदेखि आइसले झण्डै ९४ हजार ५ सयलाई समुदायबाट पक्राउ गरेको छ । सन् २०१९ को यही अवधिमा आइसले १ लाख ४३ हजारलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९