तमू धिं प्रवास केन्द्रीय समिति साउदी अरबको चौंथौ महाधिबेशन सम्पन्न

७ भाद्र २०६९, बिहीबार १६:४५ मा प्रकाशित

खेम तमु, साउदी अरब । बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा संस्कृति, भाषा, भेषभुषा, प्ये ताँ ल्हु ताँ र धार्मिक पहिचानलाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघ संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्देश्य लिई स्थापना भएको सम्पूर्ण तमूहरुको साझा संस्था तमू धिं प्रवास केन्द्रीय समिति साउदी अरबको आज मिति ५ भदौ २०६९ ९२१ अगष्ट २०१२० शुक्रबारका दिन अल खोबर शहरको गल्फ दरबार होटलको हलमा चौथौं महाधिबेशन सम्पन्न भएको छ ।

 

संस्थाका महासचिव श्री खेम तमूद्धारा संचालित उक्त चौथौं महाधिबेशनमा अध्यक्ष ओम घले तमूको सभपतित्व थियो भने संस्था कै प्रमुख सल्लाहकार अमित तमूको प्रमूख अतिथी रहेको थियो । उक्त महाधिबेशनमा खेम चोर्मे तमूले सम्पूर्ण उपस्थितहरुलाई स्वागत मन्तब्यबाट स्वागत गर्नु भएको थियो भने संस्था कै केन्द्रीय सदस्य तथा बरिष्ठ गायक श्री तिलक तमूले प्ये ताँ ल्हु ताँको बारेमा प्रस्टाउँदै आफ्नो शुभकामना मन्तव्य दिनु भएको थियो । त्यसै गरि प्रमुख सल्लाहकार अमित तमूले पनि शुभकामना मन्तव्य दिनु भएको थियो । शुभकामना मन्तव्य कै क्रममा कार्य व्यस्तता र दुरीको हिसाबले सहभागी हुन नसक्नु भएका वक्ताहरुसँग कार्यक्रम सञ्चालक महासचिव खेम तमूले फोन र नेट लाईभ कन्फेरेन्स मार्फत शुभकामना मन्तव्य लिनु भएको थियो । उहाँहरु हुनुहुन्थ्यो तमू धिंका केन्द्रीय प्रवक्ता राजपति तमू अलहासाबाट, तमू धिंका महिला केन्द्रीय सदस्य श्रीमती तुलसी मायाँ तमूस्यो दमामबाट, तमू धिं का संरक्षक क्याप्टेन कमल तमू रियादबाट, तमू धिं का संस्थापक अध्यक्ष बिजय कुमार तमू यान्बुबाट, र तमू धिंका सल्लाहकार सदस्य चेत जंग तमू अल खोबरबाट ।

 

तमू धिं प्रवास केन्द्रीय समिति साउदी अरबलाई आफ्नो अमुल्य समय र आर्थिक सहयोग गर्नु हुने तमू व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । उक्त महाधिबेशनको बार्षिक प्रतिबेदन संस्थाका महासचिव खेम तमूले पढेर प्रस्तूत गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति केन्द्रीय अध्यक्ष ओम घले तमूले कोषाध्यक्ष तिलक तमू “क” साउदी अरब नफर्कने गरि नेपाल जानु भएकोले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने तमू धिं नेपालसँग तमू धिं साउदी अरबको सम्बन्धको बारेमा प्रस्ट पार्दै पुरानो कार्य समिति बिघटन भएको घोषण गर्नु भएको थियो ।

 

पुरानो कार्य समिति बिघटन भएको घोषणा लगतै अमित तमूको संयोजकत्वमा तिलक तमू “ख” र सोम प्रसाद तमू सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलले पुन निबर्तमान अध्यक्ष ओम घले तमूको अध्यक्षतामा २१ जना नयाँ कार्य समितिको नामवली प्रस्ताव गर्नु भएको थियो उक्त नामवलीलाई उपस्थित सम्पूर्ण तमूहरुले सर्बसम्मत अनुमोदन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’