माओवादीले माओको नभई भारतीय विचार बोकेको विजुक्छेको आरोप

७ भाद्र २०६९, बिहीबार १६:४५ मा प्रकाशित

काठमाडौं, ७ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एकिकृत माओवादी भारतीय टोर्जन हर्सका रुपमा रहेको टिप्पणी गर्नुभएको छ ।
कमलविनायकस्थित विजुक्छे निवासमा रिपोर्टर्स क्लबले गरेको अन्तरक्रियामा उहाँले माओको विचारभन्दा पनि माओवादलिे भारतीय विचारलाई लिएर हिड्ने गरेको आरोप लगाउनुभयो । उहाँले माओवादीले भारतमै तालिम लिएको शीर्ष नेताहरुले अधिकाश समय भारतमा नै विताएको कारणले पनि उनीहरु भारतीय टोर्जन हर्स हुन पुगेको वताउनुभयो । उहाँले बाबुराम भट्टराईको सरकारलाई हटाएर राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा दोहराउनुभयो । अध्यादेशबाट मुलुक चलाउन खोज्नु देश डुवाउने खेल भएको भन्दै राष्ट्रपतिले अध्यादेश पास नगरेर ठिक गर्नुभएको विजुक्छेको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार