क्यालिफोर्निया नेपाली साँझ भब्य रुपमा सम्पन्न

७ भाद्र २०६९, बिहीबार १६:४१ मा प्रकाशित

क्यालिफोर्निया । अमेरिकाको माटोमा पनि नेपालीपन, नेपाली भाषा र संस्कृतिको प्रबर्धन तथा संरक्षण गर्ने मूल उद्देश्य राखी उत्तरी क्यालिफोर्नियास्थित नेपाली समुदायहरु विच, “नेपाली कला र संस्कृतिको साँझ, हामी नेपालीहरुको माँझ, क्यालिफोर्निया नेपाली साँझ” “नेपाली मन, नेपाली पन हामी नेपालीको एउटै पहिचान !! क्यालिफोर्निया नेपाली साँझको सान” भन्ने नाराका साथ यही जुलाई २९, २०१२ मा ‘द ह्वाईट जोन’ चौथो वर्षमा प्रर्वेस गरेको सन्दर्भमा आयोजना गरिएको “क्यालिफोर्निया नेपाली साँझ” भब्य रुपमा सम्पन्न भएको छ । जुन कार्यक्रम नर्थ क्यालिफोर्नियामा रहेका सामाजिक संस्थाहरुको विचमा प्रर्तियोगीतात्मक नाच प्रर्तियोगीता भएको थियो साथै कार्यक्रममा गायिका नलिना चित्रकारका रोमान्चक गीतहरु र अन्य कलाकारहरुको नाचहरु, गीतहरु पनि प्रस्तुति गरिएको थियो ।
“क्यालिफोर्निया नेपाली साँझ” कार्यक्रम यहाँहरु सबैको साझा कार्यक्रम थियो र यहाँहरुले व्यस्तताको बाबजुद पनि समय निकालेर “क्यालिफोर्निया नेपाली साँझ “२०१२ कार्यक्रमलाई माया गरि पाल्नु गर्नु हुने सम्पूर्ण ‘द ह्वाईट जोन’ का सल्लाहकारहरु, सदस्यहरु, विभिन्न संघ सस्थाका सभापतिहरु,कलाकारहरु साथै यस कार्यक्रमलाई सफल बनाउन आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नु हुने र कार्यक्रममा पाल्नु हुने सम्पूर्णलाई सर्व प्रथम सबैलाई आयोजकको तर्फबाट सबैलाई धन्यवाद ज्ञापन गर्दछौ । उक्त कार्यक्रम मा १६ संघ सस्थाको संलग्नता थियो भने १५ संघ सस्थाले प्रतियोगितामा भाग लिएका थिए ।
‘तमु समाज क्यालिफोर्नियाका’ वाट प्रतिनिधित्व गर्ने कलाकारहरुको समुह इन्द्र गुरुङ,मनिसा गुरुङ, बिस्नु गुरुङको समुह प्रथम, ‘नेप्लिज फ्रेन्ड्स कल्चर एसोसियसन डेभिस क्यालिफोर्नियावाट’ प्रतिनिधित्व गर्ने कलाकारहरु सबिना ढकाल र आस्था श्रेष्ठ दोस्रो, भुटनिज कम्युनिटी क्यालिफोर्नियावाट प्रतिनिधित्व गर्ने कलाकारहरु फियोना मगर,हेमा सन्यासी तेस्रो तथा मदर ल्याण्ड नेपालवाट प्रतिनिधित्व गर्ने कलाकार योगेस बराल उत्रिस्थ सिंगल प्रतियोगी बन्न सफल हुनु भएको थियो । उक्त कार्यक्रममा प्रज्वल बज्राचार्य, मदन दिब्बिम, नलिना चित्रकार, संगीता गुरुङ र बिन्दु सापकोटा गरी पाँच जनाले निर्णायकको जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।
उक्त कर्यक्रममा रोज गार्डेन रेस्टुरेन्ट प्रिजेन्टहिलवाट प्रथम पुरस्कार, ‘मेचीकाली समाजका’ संस्थापक सभापति उत्तम कार्कीवाट दोस्रो र ‘मदरल्याण्ड नेपाल’ का संस्थापक सभापति अनिल पाण्डेयवाट तेस्रो पुरस्कार को सौजन्य प्राप्त भएको थियो । माउन्ट एभरेस्ट रेस्टुरेन्ट वर्कलीवाट विजेता कलाकार साथीहरुलाई फ्री कुपन प्रदान गर्नु भयको थियो भने टिकटको सौजन्य मास्के डेन्टल परिवारवाट भएको थियो । क्यालिफोर्निया वालरुम ओकल्याण्डमा ‘द ह्वाईट जोन’क्यालिफोर्नियाका सभापति ग्याल्पो योन्जन र कार्यक्रम संयोजक दिनेस फुयाल तथा कलाकार साथीहरुवाट स्वागत गर्दै सुरु भएको उक्त कार्यक्रमको संचालन ‘द ह्वाईट जोन’क्यालिफोर्नियाका उप सभापति राम सुनुवार,’द ह्वाईट जोन’केन्द्रीय कोषाध्यक्ष सुर्य मोक्तान र रिमा श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र