समायोजन प्रकिया तत्काल अगाडि बढाउने : माओवादी

७ भाद्र २०६९, बिहीबार १६:३५ मा प्रकाशित

काठमाडौँ, भदौ ७ । सरकारले पछिल्लो पटक बिषेश समितिको म्याद ३ महिना थप गरे लगतै एकीकृत नेकपा माओवादीले विगत लामो समयदेखि अवरुद्ध रहेको माओवादी लडाकुको समायोजन प्रकिया तत्काल अगाडि बढाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी पदाधिकारी तर माओवादी पुर्वलडाकुका उच्च कमान्डरहरुसँगको छलफलमा समायोजन प्रकि्रयालाई तत्काल अगाडि बढाउने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष एंव प्रधानमन्त्री बाबुराम भट्टराईसहित पदाधिकारीको बैठकले एक-दुई दिनभित्रै लडाकु समायोजनको कामलाई अगाडि बढाउने निर्णय गरेको हो । पुर्व लडाकुका कमाण्डर चन्द्रप्रकाश खनालका अनुसार बिषेश समिति समायोजन रोजेका लडाकुको समायोजन प्रकि्रया तत्काल अगाडि बढाउने र स्वैच्छिक अवकाशमा गएका लडाकुलाई व्यवस्थित गर्ने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो । पार्टीको महाधिवेशन पनि तोकिएको अवस्थामा अवकाश रोजेका पुर्व लडाकुहरु व्यवस्थापन तथा उनीहरुलाई दिने  जिम्मेवारीका बिषयमा समेत छलफल भएको खनालले जानकारी दिनुभयो । यसैगरी देशका विभिन्न शिविरहरुमा रहेका तीन हजार १ सय २३ जना समायोजन रोजेका लडाकुलाई समायोजन प्रकि्रया तत्काल अगाडि बढाउन सरकारलाई आग्रह समेत गरेको बताइएको छ ।  सरकारले बिषेश समितिको म्याद तीन महिना थप गर्ने निणर्य समेत गरेकाले लडाकु समायोजनको काम अगाडि बढ्ने विश्वास पलाएको खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार