नेपाली युवा, मलेसियन प्रहरी, जुवा–तास, युवती र तमिल युवा

७ भाद्र २०६९, बिहीबार १४:०४ मा प्रकाशित

काठमाडौं, ७ भदौ । मुस्लिम राष्ट्र भएपनि मलेसिया राजनीति गर्ने र संघसंस्था खोल्नेबाहेकका पक्षमा उदार रहेको छ । पाइला–पाइलामा भेटिने पव, डिस्को र डान्सवार मेलेसिया पुग्ने जोकसैका आकर्षण बनेका छन् । छिमेकी मुलुक थाईल्याण्ड, फिलिपिन्स, इण्डोनेसियाबाट युवतीहरु देहव्यापारका लागि आएका हुन् भन्ने त्यहांको प्रहरीलाई थाहा हुने भएपनि त्यस निकायले आंखा चिम्लिरहेको छ । कामका लागि गएका नेपाली युवाहरुमध्ये केही यस्तै देहव्यापार गर्ने युवतीको बाहुपासोमा परेर घरबार समेत बिर्सेर उतै अलमलिएका छन् । कमाउन गएका नेपाली युवाका लागि यस्तो खुलापन तिनलाई अल्झाउने वातावरण बनेका छन् । चोरी गरेर हैरान पार्ने तमील र जुवा–तास खेल्ने प्रबृत्तिले कामदारहरुलाई सताइरहेको कामदारहरुको अनुभव छ । यस्ता पक्षबाट मलेसियामा अत्यन्तै होसियार भईरहनु पर्ने स्वदेश फर्कि रहेका कामदारहरुले बताए । गैरकानूनी रुपमा मलेसियामा बस्ने बंगालीका कारण त्यहां घुम्न र काम गर्न जाने नेपालीहरु सचेत रहनुपर्ने देखियो । सानोतिनो रकम पनि घुस लिने त्यहांको प्रहरीको कमजोरी रहेछ । राहदानी वा कम्पनीको परिचय पत्र नभए प्रहरीले हैरान गर्छ उस्ले बीस–तीस रिङगेट नलिई छोड्दैन ।
त्यस्तै अर्को समस्या बनेका छन्– तमील केटाहरु । सामाजिक इज्जत–प्रतिष्ठा गुमाएका तमिलहरु चोरी गर्न तथा विदेशी कामदार सताउन खप्पीस छन् । मोवाईल, चुरोट र रक्सीका लागि जे गर्नपनि पछि नपर्ने तमिलहरु चोर्न अत्यन्तै खप्पिस । विरोधीको सफाया गर्न वा सताउन धेरैले तमिल केटाहरु प्रयोग गर्ने प्रबृत्तिका कारण पनि सुरक्षाका दृष्टिले तमिल युवाहरु घातक र खतरनाक भइरहेका नेपाली कामदारको अनुभव छ । सुरक्षा गार्डले हरबखत कोठामा चाबी लगाउन वा भित्र बस्दा चुकुल लगाउन आग्रह गर्दोरहेछ ।

(मलेसियाबाट फर्किएका एक युवाको अनुभवमा आधारित)

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार