ह्यारीको नांगो फोटोले बेलायती दरबारमा हलचल

७ भाद्र २०६९, बिहीबार १३:५५ मा प्रकाशित

लन्डन, ७ भदौ । इन्टरनेटमा बेलायती युवराज ह्यारीका नाङ्गा तस्बिर सार्वजनिक भएपछि बेलायती राजदरबार एकपटक फेरि विवादास्पद घटनामा तानिएको छ। एक होटलमा युवतीसँग नाङ्गो अवस्थामा युवराजको फोटो इन्टरनेटबाट विश्‍वव्यापी भएको छ। राजसंस्थाले इन्टरनेटमा फैलिएको तस्बिर पत्रिकामा छापिएला भन्नेमा शतर्कता अपनाएको विविसीले जनाएको छ।
लस भेगसको एक होटलमा गोप्यरुपमा खिचिएको फोटो यो सप्‍ताहन्तभरि इन्टरनेटमा फैलिसकेको थियो। सार्वजनिक भएको पहिलो फोटोमा युवराज नेक्लेस र हातको बालाबाहेक पूरै नाङ्गो छन्। उनीसँग पछाडि माथिल्लो भाग पूरै नाङ्गो अवस्थामा एक युवती देखिएकी छिन्। अर्को नाङ्गो फोटोमा युवराज लुक्दै गरेको देखिएको छ जसमा अपरिचित महिला नाङ्गै देखिएकी छिन्। सेलिब्रिटीको गसिपमा आधारित वेवसाइट टिएमजेडले इन्टरनेटबाट ती फोटोहरु संसारभर फैलाएको हो। उक्त साइटले गत शुक्रबार तस्बिर लिइएको जनाएको छ।
राजदरबारले यो तस्बिर युवराजको भएको स्वीकार गरेपनि यसबारे अरु जानकारी दिएको छैन। तस्बिरले युवराजको सैन्य जीवनमा असर पर्न सक्ने बताइएको छ। (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो