बिमानस्थल निर्माणका लागि अनसन सुरु

७ भाद्र २०६९, बिहीबार १३:४३ मा प्रकाशित

पोखरा, ७ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मुद्दाले व्यापकता पाउंदै गएको छ । बिमानस्थल बनाउन दवाब दिने उदेश्यले पोखरामा आजबाट अनिश्चितकालीन रिले अनशन सुरु भएको छ। सरोकार समितिको चरणबद्व दबाबको कार्यक्रमअन्तर्गत पोखरा विमानस्थल अगाडि रिले अनशन सुरु भएको हो। पहिलो चरणको अनसनमा पोखराका हस्तीहरु कार्टुनका बादशाह दुर्गा बराल वात्सायन, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पर्यटनविद् झलक थापा, लोकगायिका हरिदेवी कोइराला, भलिवल खेलाडी सिपोरा गुरुङ, अधिकारकर्मी सुरेन्द्र थापामगर र सञ्चार उद्यमी विश्वशंकर पालिखे रिले अनसन बसेका छन् भने दोस्रो चरणमा कवी तीर्थ श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी नारायण कार्की, पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख गेहेन्द्रेश्वर कोइराला, पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापा, उद्यमी डम्बरसिंह गुरुङ तथा रुद्र घले अनसनमा बस्ने कार्यक्रम छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिको बुधबार बसेको बैठकले चार दशक लामो सपना पुरा गराउन जस्तोसुकै कठोर कदम चाल्ने निर्णय गर्दै रिले अनसनको सुरुवात गरिएको हो। अनसनका चरणवद्व कार्यक्रममा पोखरामा मुर्धन्य व्यक्तित्वहरुको सहभागिता रहने सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए।
यसै क्रममा सरोकार समितिले बिहीबार पोखरा विमानस्थलका सबै हवाई उडान बन्द गराएको छ। सरोकार समितिको आव्हानअनुरुप उडान भर्ने विभिन्न कम्पनीहरुले बिहीबारका कुनै पनि उडान भरेका छैनन्। उनीहरुले आजका लागि बेचेका टिकट फिर्ता गरेका थिए। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेली अभियानमा ऐक्यबद्धता जनाउँदै हवाई कम्पनहरुले टिकट नबेचेका हुन्। विमानस्थल बन्द भएपछि यात्रुहरु पर्यटक बसमार्फत् राजधानीतर्फ लागेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको