विषेश समितिको म्याद तीन महिना थपेर मन्त्री परिषद बैठक सम्पन्न

७ भाद्र २०६९, बिहीबार १२:४७ मा प्रकाशित

काठमाडौं, ७ भदौ । चार महिनादेखि एउटा बैठकसम्म पनि गर्न नसकी म्याद गुजारेको माओवादी सेनाका लडाकुको रेखदेख तथा समायोजन विशेष समितिको म्याद सरकारले फेरि तीन महिना थप गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लडाकु समायोजनको काम तीन महिनाभित्रमा पूरा गर्ने गरी समायोजन विशेष समितिको म्याद थप गरेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न सात अध्यादेशबारे छलफल गर्ने भनिएकोमा त्यो कामचाहिं आज नभएको बुझिएको छ ।
अध्यादेश पारित गर्नका लागि अन्य गृहकार्य गर्नुपर्ने र त्यसका लागि छलफललाई निरन्तरता दिनुपर्ने भएकाले आजको बैठकले कुनै निर्णय नगरेको शिक्षामन्त्री दिनानाथ शर्माले बताए पनि विपक्षी दललगायतका निकायहरुबाट चर्को विरोध हुने अनुमान गरेर उक्त विषयलाई थाती राखिएको बालुवाटार सुत्रले जानकारी दिएको छ ।

आजको मनत्रीपरिषद बैठकले राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले दिएको राजिनामा भदौ १६ गतेबाट लागु हुने गरी स्विकृत गरेको छ । साथै सहरी विकास मन्त्रालयका राजपत्रांकित द्वितिय श्रेणीका अधिकृत हरिप्रसाद रिजाललाई इन्जिनियरिङ सेवा सिमिति समूह स्यानिटरी उपसमूहमा राजपत्राकिंत प्रथम श्रेणीमा बढुवा गरेको छ । उनलाई साउन २५ गतेबाट लागु हुने गरी बढुवा गरिएको हो भने भदौ २५ गतेबाट उनलाई अनिवार्य अवकाश दिइने निर्णय पनि बैठकले गरेको मन्त्री शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल