तस्वीर – सुरेश प्रधान

२ चैत्र २०६८, बिहीबार ११:४३ मा प्रकाशित

वारी र पारी
नदीका दुइ किनारा झैं
तिम्रो र मेरोसम्बन्धमा
फाटो रहे ता पनि
दुइ धुकधुकी बीच प्रस्फूटित
ती मायाका अथाह सागरका छालहरूले
कहिले तिमीलाई
कहिले मलाई
उछाल मारिरहेका हुन्छन्
कति दुख्दो हो मलाई जस्तै
तिमीलाई पनि
मायारुपी ती सागारका छालहरुले
पटक पटक छोएर जाँदा।

नभन मलाई दुखेको छैन
नभन मेरो मन सिंचेको छैन
केही क्षणको त्यो ऊष्णताले
तिम्रो त्यो बाँझो मनलाई
उजाड बनाए पनि
हामी दुईबीचको
सागररुपी मायाका छालहरुले
तिम्रो मनलाई सिंचेर
उर्वरा बनाएको बेल
तिम्रो अन्तर्मनमा चिहाउन नसके तापनि
तिम्रा ती पारदर्शी आँखाका
एक कुनामा
मेरै तस्वीर सजाएको देख्छु ।

सुरेश प्रधान
हिमाली शहीद नगर
सिलगढी

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले