छात्राको यौन शोषणको आरोप लागेका क्याम्पस प्रमुखको विरोधमा क्याम्पस तोडफोड

७ भाद्र २०६९, बिहीबार १२:३३ मा प्रकाशित

डडेलधुरा, ७ भदौ । बिदामा बसेका क्याम्पस प्रमुखले अनियमित तवरबाट कर्मचारी भर्ना गरेको भन्दै सुदूरपश्चिमको पहाडी जिल्लामा रहेको एकमात्र शिक्षा क्याम्पसमा विद्यार्थीले तोडफोड र तालाबन्दी गरेका छन् । आफ्नै क्याम्पस का छात्राहरुमाथि यौन शोषणको आरोप समेत लागेका क्याम्पस प्रमुख बद्री बिनाडीको बिरोधमा विद्यार्थीले त्यस्तो कदम चालेका हुन् । क्याम्पस छात्राको यौन शोषणको आरोप लागेका क्याम्पस प्रमुखको विरोधमा क्याम्पस तोडफोड डडेलधुरा, ७ भदौ । बिदामा बसेका क्याम्पस प्रमुखले अनियमित तवरबाट कर्मचारी भर्ना गरेको भन्दै सुदूरपश्चिमको पहाडी जिल्लामा रहेको एकमात्र शिक्षा क्याम्पसमा विद्यार्थीले तोडफोड र तालाबन्दी गरेका छन् । आफ्नै क्याम्पस का छात्राहरुमाथि यौन शोषणको आरोप समेत लागेका क्याम्पस प्रमुख बद्री बिनाडीको बिरोधमा विद्यार्थीले त्यस्तो कदम चालेका हुन् । क्याम्पस मा आर्थिक अनियमितता र छात्राहरु माथि यौन शोषणको आरोपमा छानबिन चलिरहेकै बेला कर्मचारी समेत नियुक्त गर्न थालेपछि असैह्य भएको स्ववियु सभापति विपीन ओझाले बताए । बताइएअनुसार क्याम्पस प्रमुख बिनाडीले हाजिर रजिष्टर समेत धनगढीस्थित घरमै लगेको विषयले विद्यार्थीलाई थप आक्रोशित तुल्याएको छ । क्याम्पस प्रमुख बिनाडीले भवन निर्माण, पुस्तकालय निर्माण र बिभिन्न सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै दुई महिना अघि देखि बिद्यार्थीहरु आन्दोलित भएका छन् । स्थानीय प्रशासनले भने यस बिषयमा कुनै चासो नदेखाएको बिद्यार्थी नेताहरुले आरोप लगाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठाबाट कागज पत्रमा आगजनी गर्नुका साथै बिभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । तालबन्दी समेत भएका कारण के के क्षति भयो भन्ने यकिन जानकारी हुन नसकेको प्रशासनले जनाएको छ । मा आर्थिक अनियमितता र छात्राहरु माथि यौन शोषणको आरोपमा छानबिन चलिरहेकै बेला कर्मचारी समेत नियुक्त गर्न थालेपछि असैह्य भएको स्ववियु सभापति विपीन ओझाले बताए । बताइएअनुसार क्याम्पस प्रमुख बिनाडीले हाजिर रजिष्टर समेत धनगढीस्थित घरमै लगेको विषयले विद्यार्थीलाई थप आक्रोशित तुल्याएको छ । क्याम्पस प्रमुख बिनाडीले भवन निर्माण, पुस्तकालय निर्माण र बिभिन्न सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै दुई महिना अघि देखि बिद्यार्थीहरु आन्दोलित भएका छन् । स्थानीय प्रशासनले भने यस बिषयमा कुनै चासो नदेखाएको बिद्यार्थी नेताहरुले आरोप लगाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठाबाट कागज पत्रमा आगजनी गर्नुका साथै बिभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । तालबन्दी समेत भएका कारण के के क्षति भयो भन्ने यकिन जानकारी हुन नसकेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित