सीमामा कडा गर्ने भारतीय तयारी

७ भाद्र २०६९, बिहीबार ०९:४५ मा प्रकाशित

काठमाडौं, ७ भदौ । दक्षिण सिमानामा भारतले झण्डै ९० वटा सीमाचौकी स्थापना गर्ने तयारी गरेको बुझिएको छ । सीमामा हुन सक्ने अवैध घुसपैठ अझ प्रभावकारी ढंगले रोक्न सीमा चौकीहरूको संख्या बढाउन लागिएको भारतीय माथिल्लो सदन राज्यसभामा रक्षामन्त्री एके एन्टोनीले बुधबार यसबारे जानकारी दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भारत सरकारले सीमा चौकीहरूबीच हाल रहेको ४ दशमलव ५ किलोमिटर दूरीलाई ३ दशमलव ४७ किलोमिटरमा झार्नेअनुरूप थप चौकी स्थापनाको योजना ल्याएको बुझिएको छ । नेपाललगायत पाकिस्तान, बंगलादेश र भुटानसँगको सिमानामा पनि त्यस्ता चौकीहरूको संख्या थप्ने योजना रहेको रक्षामन्त्री एन्टोनीले लिखित जवाफमा उल्लेख गरेका बताइएको छ । पाकिस्तानसँगको सिमानामा थप १ सय २६, बंगलादेशसँगको सीमामा थप ३ सय ८३ र भुटानसँगको सिमानामा थप ६३ चौकीहरू निर्माण गरिने छन् ।

राज्यसभामा भारतीय रक्षामन्त्रीले दिएको विवरणले भारतसँग सिमाना जोडिएका मुलुकहरूमध्ये सबैभन्दा कम घुसपैठ भुटान र नेपालबाट हुने गरेको देखाएको छ । सन् २०११ मा बंगलादेशबाट अवैध घुसपैठ गर्न खोज्ने ५ सय ८६ र नेपाली सिमानाबाट घुसपैठ गर्न खोज्ने ७ जनालाई भारतीय सुरक्षा निकायले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत