आगामी महिना २०२२ को लागि डिभी भर्ने मिति घोषणा गरिने

५ भाद्र २०७७, शुक्रबार ११:०० मा प्रकाशित

वाशिंगटन । आर्थिक बर्ष २०२२ का लागि अमेरिकाको डिभी लोटरी भर्ने मिति आगामी महिना घोषणा गरिने भएको छ । डिभी २०२२ का लागि दर्ता अवधि छिट्टै घोषणा गरिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

डीभी २०२२ कार्यक्रमका लागि आवेदन दिन रुची हुनेहरुले आगामी दिनमा अमेरिकी विदेशमन्त्रालयको भिसा वेवपेज चेक गर्न सक्नेछन् । डिभी २०२२ मा सहभागी हुनका सरकारको आधिकारिक वेवसाइटमा सुचनाप्रकाशित हुनेछ । कतिपय अनाधिकृत वेवसाइटहरुले डिभी २०२२ का लागि भन्दै विवरण संकलन गरेकाले त्यसबाट सचेत हुनुपर्ने देखिएको छ ।

यसैबीच २०२१ का लागि डिभी विजेताहरुको विवरण अमेरिकी सरकारले सार्वजनिक गरेको छ । २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८ सय १ रहेको छ । उनीहरुले गतबर्षको अक्टोबरमा डिभी भरेका थिए ।

डिभी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएपछि गत अक्टोबरमा डिभी भर्नेहरुको संख्या विगतका बर्षहरुको तुलनामा निकै कम रहेको थियो । चालु आर्थिक बर्ष २०२० का लागि विश्वभरबाट झण्डै डेढ करोडले डिभी लोटरी भरेपनि २०२१ का लागि डिभी भर्नेहरुको संख्या झण्डै ६७ लाखमात्र रहेको थियो ।

२०२० को डिभी लोटरीमा परिवारका सदस्यहरुसमेत जोड्दा झण्डै २ करोड ३१ लाख सहभागी भएका थिए । तर २०२१ का लागि गत अक्टोबरमा डिभी कार्यक्रममा सहभागी हुनेहरु परिवारका सदस्यहरुसमेत जोड्दा झण्डै १ करोड १८ लाखमात्र रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९